प्रकृतिमा आधारित समाधानका लागि नरैनापुरमा रेन परियोजनाको थालनी

१२, असार २०८२
बाँके। प्राकृतिक विपद्को उच्च जोखिममा रहेको नरैनापुर गाउँपालिकामा ‘उत्थानशील, अनुकूलन र समावेशी नेपाल परियोजना (रेन)’ अन्तर्गत प्रकृतिमा आधारित समाधान (NbS) कार्यान्वयन थालिएको छ।

नेपालगञ्जमा बिहीबार आयोजित पालिका स्तरीय डिजाइन कार्यशाला गोष्ठीमा सरोकारवालाहरूले प्रकृति सँगै अगाडि बढ्नुपर्ने र विकासका नाममा प्राकृतिक सम्पदाको विनाश रोक्नुपर्नेमा जोड दिएका छन्।

कार्यशालामा पिपुल इन निडकी समिता पौडेलले आधुनिक जीवनशैली र भौतिक विकासकै पछाडि लाग्दा जलवायु परिवर्तन, सुख्खा, बाढी, गर्मी जस्ता संकट झन्झन् बढ्दै गएको बताउँदै त्यसको समाधानका लागि प्राकृतिक उपायहरू अवलम्बन गर्नुपर्ने बताइन्। लिबर्डकी रेबिका गुरुङले बोटबिरुवा रोप्ने, माटो संरक्षण गर्ने, जलस्रोत व्यवस्थापन गर्ने र सिँचाइ सुधारजस्ता उपायबाट वातावरणीय संकट न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरिन्।

इञ्जिनियर धिरज भण्डारीले नरैनापुरको स्थानीय समस्या हेरी कुवा, तालतलैया तथा घाँसे मैदान व्यवस्थापनको आवश्यकता औँल्याउँदै प्रकृतिमा आधारित समाधानको सम्भाव्यता र प्रभावकारिता प्रस्तुत गरे।

नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले विकास र वातावरण संरक्षण एकसाथ अघि बढ्नुपर्नेमा जोड दिँदै भनिन्, “विविध भौगोलिक संरचना भएका ठाउँमा दिगो समाधान खोज्न प्रकृति सँग मैत्रीपूर्ण विकासको खाँचो छ।”

लिबर्डका टिम लिडर बुद्ध विकले प्रकृतिमा आधारित समाधानले जैविक विविधता संरक्षण गर्नुका साथै बाढीको जोखिम घटाउने, आम्दानी बढाउने र स्वास्थ्य तथा वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने बताए।

गोष्ठीमा सहभागी वडा अध्यक्षहरू, प्रहरी तथा सशस्त्र प्रहरी प्रतिनिधिहरूले पनि प्रकृति–मैत्री रणनीति कार्यान्वयनका लागि आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्।

रेन परियोजनाले पिपुल इन निडको सह–नेतृत्वमा सिएसआरसी, प्रेरणा, लिबर्ड, युथ इनोभेसन ल्याबको सहकार्यमा बाँकेको नरैनापुर, दाङको १ पालिका, कपिलवस्तुका ५ पालिकामा कार्यान्वयन सुरु गरेको छ भने मधेस प्रदेशका ५ जिल्लामा पनि परियोजना विस्तार गरिएको संयोजक पौडेलले जानकारी दिए।

गोष्ठीमा प्राथमिकिकरण गरिएको कार्यक्रमहरू वडा स्तरमा कार्यान्वयन गर्ने गरी पालिकाका जनप्रतिनिधिहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।

 

 

प्रकृतिमा आधारित समाधानका लागि नरैनापुरमा रेन परियोजनाको थालनी

घुँयत्राे : बा अब त खुस हुनु

प्रकृतिमा आधारित समाधानका लागि नरैनापुरमा रेन परियोजनाको थालनी

सानाे लगानी, ठूलाे सपना: जुम्लाका धनकृष्णको मौसमी

Leave a comment

Your email address will not be published. Required fields are marked *