बाँकेमा यौन उत्तेजक अवैध औषधीसहित एक भारतीय नागरिक पक्राउ

बाँके,६ जेष्ठ ।

भारत उत्तरप्रदेशको अमरहवाबाट आएका २५ वर्षीय तालिव मलिकलाई बाँके प्रहरीले अवैध औषधीसहित पक्राउ गरेको छ। सोमबार जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा मलिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मलिकसँग यौन उत्तेजना बढाउने टाइगर मुमेन्ट क्रिम, पावर ओमन क्याप्सुल, लाइभ अन गोल्ड क्याप्सुलजस्ता औषधी बरामद गरिएको छ। ती औषधीहरू नेपालमा दर्ता नभएको, औषधी व्यवस्था विभाग बाँकेले जनाएको छ।

औषधी व्यवस्था विभागका अनुसन्धान अधिकृत दिपेन्द्र कुमार साहका अनुसार मलिकमाथि अहिले गम्भीर ढंगले अनुसन्धान भइरहेको छ। जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

नेपालमा प्रतिबन्धित र दर्ता नभएका औषधीहरूको अवैध ओसारपसार रोकिने क्रममा प्रहरीले गरेको यो कारबाहीलाई प्रभावकारी कदमको रूपमा हेरिएको छ।

 

 

 

 

 

 

 

 

 

 

बाँकेमा यौन उत्तेजक अवैध औषधीसहित एक भारतीय नागरिक पक्राउ

जुम्लाको छुमचौर ज्युलोमा जुम्लि मार्सि धान रोपेर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds