थारु काष्ठकला जर्गेनाः गाभर होमस्टेको परम्परा र नवप्रविधि

सरला सुवेदी।

बाँकेको गाभर होमस्टेले थारु समुदायको परम्परागत ज्ञान, कला, सिप र प्रविधिको संयोजनमा काष्ठकलाका सामग्री उत्पादन र बिक्री गर्दै आएको छ । होमस्टेका संचालक कृष्ण चौधरिले आफ्ना पाहुनाहरूलाई उपहारस्वरूप थारु काष्ठकला झल्किने सामग्री प्रदान गर्ने गरेका छन् । यस किसिमको प्रयासले न केवल थारु समुदायको सांस्कृतिक सम्पदा जोगाउन मद्दत गरेको छ, तर यसले पर्यटकहरूलाई पनि थारु संस्कृतिको नजिक पु¥याउने अवसर दिएको छ ।

गाभर होमस्टेमा निर्माण गरिने काष्ठकलाका सामग्रीहरूमा बबुर, कुसुम, सिसम, साधन सिसम, सतिसाल, र बिजयसाल जस्ता काठहरूको प्रयोग गरिन्छ । यी काठहरूलाई बिभिन्न आकार प्रकारमा ढालेर विभिन्न उपयोगी सामग्री उत्पादन गरिन्छ ।


खासगरी थारु परम्परासँग सम्बन्धित सामग्रीहरूलाई प्राथमिकतामा राखिन्छ, जसले पर्यटकहरूलाई थारु जीवनशैलीको नजिक पु¥याउँछ । थारु समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गर्नका लागि यो विशेष पहल गरिएको हो कृष्ण चौधरीले जानकारी दिए ।

चौधरि परिवारले होमस्टेमा निर्माण गरिने काष्ठकलाका सामग्रीहरूको मात्र बिक्री गर्दैन, उनीहरूले यसलाई संग्रहालयका रूपमा पनि विस्तार गरेका छन् । यो संग्रहालयले थारु काष्ठकलाको सम्पदा प्रदर्शनी मात्र गर्दैन, यसले पर्यटकहरूको आकर्षणलाई झन् बढाइदिएको छ । ओखल, किस्टि, गिलास, बेल्नाचौका, डोकनि, ठेकि जस्ता सामग्रीहरूलाई परम्परागत ढाँचामा तयार गर्ने परिश्रम र कलाको उच्च सम्मानमा रहेको कुरा स्पष्ट हुन्छ । यी सामग्रीहरूले थारु समुदायको परम्परागत उपयोगिताका साथै कलात्मक पक्षलाई पनि उजागर गरेको छ ।

पर्यटकहरू विशेषगरी यस्ता हस्तकला सामग्रीहरूमा आकर्षित छन्, र थारु काष्ठकला प्रविधिको नयाँ नमुना हेर्ने अवसरलाई पनि निकै सराहना गर्छन् । गाभर होमस्टेले भारत लगायतका विभिन्न देशबाट आउने पर्यटकहरूलाई पनि आकर्षित गर्न सफल भएको छ । होमस्टेका संचालक कृष्ण चौधरिका अनुसार, धेरै विदेशी पर्यटकहरूले यहाँका काष्ठकलाका सामग्रीहरू सम्झनास्वरूप लाने गरेका छन् । विशेषगरी भारतबाट आएका पर्यटकहरूले यस्ता सामग्रीहरू किन्नमा ठूलो रुचि देखाएका छन् ।

यो प्रयासले न केवल थारु समुदायको सांस्कृतिक सम्पदाको जगेर्ना गरेको छ, तर यसले स्थानीय रोजगार सिर्जना, आर्थिक प्रवर्द्धन, र पर्यटक आकर्षणमा पनि ठोस योगदान पु¥याएको छ । भविष्यमा पनि थारु काष्ठकला प्रविधिको संरक्षण र प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई पनि यो कला हस्तान्तरण गर्ने योजना रहेको छ ।

थारु काष्ठकला जर्गेनाः गाभर होमस्टेको परम्परा र नवप्रविधि

लुम्बिनी प्रदेशमा लगानी भित्र्याउन दातृ निकायसँग छलफल

थारु काष्ठकला जर्गेनाः गाभर होमस्टेको परम्परा र नवप्रविधि

प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएका प्रसाई पक्राउ