जन्मदिनको अवसरमा सात हजारजनालाई पोषिलो खाद्य वितरण


आफ्नो ४३ औं जन्मदिनको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेका बिरामीलाई पोषिलो खाद्य वितरण गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका–४ गौतमबाडा गाउँका माओवादी नेता दीपक गौतमले समाजसेवामा समर्पित गर्दै उपचाररत ५५ जना बिरामीलाई पोषिलो खाद्य सामग्री वितरण गरेका छन् ।
बिरामी बेडमा पुगेर स्वास्थ्य लाभको कामना गर्दै वितरण गरेका हुन् । गौतमले प्रति बिरामीलाई दुईवटा लोकल अण्डा, दुईवटा स्याउ र एक वटा फ्रुर्टी वितरण गरेका थिए । २६ केजी स्याउ,१ सय ५० दाना अण्डा र दुई पेटी फ्रुुर्टी दिइएको उनकी धर्मपत्नी गंगादेवी गौतम (उपाध्यायले) बताइन् । तीन हजार ७ सय पचास रुपैयाँ अण्डा,तीन हजार १ सय २० रुपैयाँ स्याउ र पाँच सय पचास रुपैयाँ गरि जम्मा सात हजार ४ सय २० रुपैयाँ बराबरको पोषिलो खाद्य वितरण उपलब्ध गराइएको थियो ।
कर्णालीका विकट गाउँ–बस्तीबाट आएका बिरामीहरूका लागि पोषिलो खानाको अभावलाई ध्यानमा राख्दै उनले यस्तो कदम चालेको बताइन् । यस कार्यले बिरामीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ ।
उनका अनुसार,अण्डा आफ्नो फर्ममा पालेका लोकल कुखुराका दिइएको थियो । गाउँमै गौतम कृषि तथा पशुपन्छिपालन फर्म व्यावसाय गरेका छन् । “सामाजिक उत्तरदायित्वको भावनाले प्रेरित भएर मैले जन्मदिनलाई विशेष र सकारात्मक तरिकाले मनाउने निर्णय गरेको हुँ,” उनले भने, “यसले बिरामीहरूलाई प्रफुल्लित हुन मद्दत गर्छ र स्वास्थ्यप्रति जागरूकता ल्याउँछ।”बिरामीहरूले पोषिलो खाद्य सामग्री पाउँदा खुशी व्यक्त गरे । यता ६४ बर्षीया बिरामी डोल्पाका जग्दुला गाउँपालिका–६ भक्ती बुढाले खुसी हुदै जन्मदिनको शुभकामना व्याक्त गरे । सधैंभरि मनले सोचेको पुग्योंस,उचालेका पाइल आटेको पुरा होस भन्दै आर्शीवाद दिए । अर्की कनकासुन्दरी –१ कि ६३ बर्षीकी मनजुमा कठायतले लाखौं बर्ष बाच्नु छोरा भनेर शुभकामना दिईन् । यस्तै दर्जनौं बिरामीले उनी प्रति खुसी व्याक्त गरेका थिए । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनले देखाएको सामाजिक उत्तरदायि उच्च योगदानको कदर गरेको थियो ।






