नेकपा माओवादी केन्द्र ०६४ फर्किन्छ : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा ०६४ कै जनमतमा फर्किने बताएका छन ।
त्यसैका लागि अहिले माओवादी केन्द्र जनताका समस्या सुन्ने र संगठन बलियो बनाउने तिरै केन्द्रित रहेको उनको भनाइ छ । सोमबार जुम्लाको कनकासुन्दरी गाउँपालिका –६ स्थित गोरूचौरमा आयोजित जनसभालाई संबोधन गर्न जुम्ला पुगेका प्रचण्डले पत्रकार भेटघाटका क्रममा २०८४ को निर्वाचनमा नेकपा माओवादी केन्द्र ६४ कै जनमतमा फर्किने बताए ।
उनले भने,‘अहिले हामी जनताको माझमा छौं । संगठन सदृढीकरण अभियानमा छौं ।’
सरकारलाई हनिमुन प्रियड सम्म बिरोध गरेनौं र गर्दैनौ पनि,अध्यक्ष दाहालले भने, ‘जनताका समस्या सडक र सदनबाटै घनिभुत रूपमा उठाइरहन्छौं ।’
उनले विप्लव नेतृत्वको नेकपा संग छिट्टै एकता हुने समेत बताए । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पहिलो र दोस्रो शक्तिलाई प्रतिपक्षमा बस्न बाध्य पार्नु संघीयता विपरित कार्य भएको समेत उल्लेख गरे ।
प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरूद्व,सुशासनको पक्षमा काम गर्दै आर्थिक समृद्धिको पक्षमा अन्तर्राष्ट्रिय रूपमा नेपालको इज्जत प्रतिष्ठा बढाएको बताए ।
उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारीलाइ धमाधम कार्वाही गर्न थालेपछि अभियुक्तहरू पक्राउ पर्न थालेपछि बालकोट र बुढानिलकण्ठ तर्सिएको आरोप लगाए ।
उनले वर्तमान केपी शर्मा ओेली नेतृत्वको सरकारले भ्रष्टाचारीलाइ संरक्षण गरेको र भ्रष्टाचार गर्नेलाई प्रोत्साहित गरेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालगन्ज देखि नेपाली सेनाको हेक्टरबाट जुम्लाको कनकासुन्दरी पुगेका हुन । उनले रारातालको अवलोकन समेत गरेको माओवादी केन्द्रले जनाएको छ । कनकासुन्दरीमा विभिन्न पार्टी परित्याग गरेर झण्डै पाँच सय बढिले माओवादी केन्द्रमा प्रवेश गर्ने केन्द्रीय तथा जिल्ला ईन्चाज सदस्य नरेश भण्डारीले जानकारी दिए ।






