जाजरकोटमा भूकम्प प्रभावित विद्यालयलाई ७ लाख ८ हजार सहयोग


माओवादी केन्द्रको एसिया सङ्गठन समितिका सहइन्चार्ज तथा तत्कालीन प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले नलगाड नगरपालिका वडा न १ ग्यानेचौर स्थित श्री जनआदर्श प्राथमिक विद्यालयलाई ७ लाख ८ हजार रुपैयाँ हस्तान्तरण नलगाड नगरपालिकाका मेयर डम्मर बहादुर रावत मार्फत भएको हो ।
यो सहयोग शर्माको नेतृत्वमा सङ्कलित रकममध्येबाट गरिएको मेयर रावतले बताए । जुन भूकम्प पीडितका लागि आह्वान गरिएको थियो । गत वर्षको कार्तिक १७ गते राति जाजरकोटमा गएको भूकम्पले ठूलो क्षति पु¥याएको थियो, जसका कारण समितिले विश्वभरका शुभेच्छुकहरूसँग सहयोग सङ्कलन गरेको थियो ।
समितिका सचिव टिबी पाठकका अनुसार विद्यालयले यो रकम अक्षयकोषमा राख्नेछ, र भविष्यमा रुकुममा पनि यस्तै प्रकारको सहयोग गर्ने योजना रहेको बताएको छ ।






