जुम्लामा करेन्ट लागेर एकको मृत्यु

जुम्लामा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको कनकासुन्दरी–२ मालिकाबोता चुनीलेख बस्ने बर्ष ८४ का गोरे रावत हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार शनिबार बिहान ५ वजे ट्वाईलेट जाने क्रममा ट्वाईलेट नजिकै रहेको राष्ट्रिय प्रशारण लाईनको बिधुत् पोललाई छुने क्रममा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको हो ।

सोही वडाका वडा अध्यक्ष अध्यक्ष खाम्मा रावतले प्रहरीलाई ८ बजे पत्राचार गरेका थिए।गत वैशाखमा राष्ट्रिय प्रशारण लाईन छोएर जुम्लाको सिंजा गाउँपालिका–३ छ्यानीगाडा निवासी १२ वर्षीया नविना गिरीको करेन्ट लागेर मृत्यु भएको थियो ।
करेन्ट लागि सोही गाउँ निवासी ७५ वर्षीय हरिकृष्ण गिरी घाइते भएका थिए ।