सुर्खेतमा गाडी दुर्घटना हुँदा हुम्ला सर्केगाडका उपाध्यक्ष कार्कीको मृत्यु

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।

सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा उपाध्यक्ष कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सडक छेउको नालामा खस्दा अन्य २३ जना घाइते भएका डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।

‘दुर्घटनामा परेर उहाँ (उपाध्यक्ष कार्की) गम्भीर घाइते हुनु भएको थियो,’ डीएसपी विश्वकर्माले भने, ‘नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारको क्रममा गएराति पौने २ बजे उहाँको मृत्यु भएको हो ।’

३९ वर्षीय कार्की माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष निर्वाचत भएका थिए । उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका पति हुन्। कार्की माओवादी केन्द्रको कर्णाली प्रदेश समिति सचिवालय सदस्य थिए ।

दुर्घटनामा घाइते भएका अन्य २३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको विश्वकर्माले बताए ।

सुर्खेतमा गाडी दुर्घटना हुँदा हुम्ला सर्केगाडका उपाध्यक्ष कार्कीको मृत्यु

अनियमित विद्युतले विरक्त कर्णाली, तर बोल्दैनन् नागरिक

सुर्खेतमा गाडी दुर्घटना हुँदा हुम्ला सर्केगाडका उपाध्यक्ष कार्कीको मृत्यु

पहिरोले दाङ–सल्यान–सुर्खेत सडक अवरुद्ध