गुमनाम रुपी छहरा पहिचान गर्न पुग्यो प्राविधिक टोली


गुमनाम रहेको जुम्लाको हिमा गाउँपालिका –५ स्थित रुपी छहरामा प्राविधिक टोली पुगेको छ । गाउँपालिकाले सो छहरा पहिचान गर्नका लागि पहिलो पटक प्राविधिक टोली पठाएको हो ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार अपार पर्यटकीय सम्भावना रहेको रुपी छहरा अहिले सम्म गुमनाम भएकाले यसको पहिचान गर्न पहिलो पटक हिमा गाउँपालिकाको प्राविधिक टोली खटाएर अवस्था वुझ्न खटाईएको हो ।
उनले गाउँपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख ईन्जिनियर तोरुण खड्काको नेतृत्वमा १२ जना प्राविधिक र स्थानीय त्यस क्षेत्रमा गएर फर्किएको बताए ।
टोलीले छहराको नापजाँच, नाग्म गमगडि राजमार्ग अन्तर्गत हरियाल्ला देखी रुपी हरा सम्मको पैदल दुरी, पर्यटकीय पदमार्गको सभ्भावमा, समस्या, चुनौतिका र समस्या सामाधानको उपायहरुको बिषयमा एक हप्ता भित्र प्रारम्भिक प्रतिवेदन गाउँपालिकालाई वुझाउने बताए । रुपी छहरा त्यस क्षेत्रका स्थानीयले पर्यटकीय सम्भावनाको क्षेत्र भएको बताउँछन् । तर पहिचान नहुदा पर्यटकका लागि गुमनाम रहेको छ । हिमा गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ५ बाजागाडा देखी पैदल करिब ४ घण्टाको समय हिडेर पुगिन्छ ।
गाउँपालिकाले नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही सहितको स्थानीय वुद्धिजिवीको सुझावमा छहरा पहिचान गरि पर्यटकीय केन्द्र बनाउन दिएको सुझाव र गाउँपालिकाको आर्थिक बर्ष २०८१।०८२ को निति तथा कार्यक्रम अनुसार चाडै पहिचान गरिने आवश्यक पूर्वाधारका लागि छहराको बास्तविक अवस्थाका बिषयमा पहिलो पटक सरकारी स्तरको प्राविधिक टोली पठाएको हो । सो क्षेत्रमा यस भन्दा पहिला प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढा सहितको टोली पनि पुगेर फर्किएको थियो ।
गाउँपालिका अध्यक्ष शाहीका अनुसार प्राविधिकहरुको प्रतिवेदन पछि सरोकारवालाहरुको टिम पुग्ने योजना छ । रुपी छहरा पुगेर आएका प्राविधिक ईन्जिनियर तोरुण खड्काले त्यहाँका बस्तुस्थित र प्राविधिक काम गरेर फर्किएका र हप्ता १० दिनमा पालिकामा प्राविधिक प्रतिवेदन वुझाईने छ।बाटोको समस्या, यातायातको असुविधा, दुर दराजमा रहेको सरकारको नजर नपरेको र यसको प्रचार प्रसारमा कमी जस्ता कारणले यो झरना गुमनाम छ । स्थानीयका अनुसार प्रकृतिले दिएको अनुपम छहरा लाई संरक्षण, सर्वधन र प्रचार प्रसार सँगै व्यवस्थित बनाउन अपरिहार्य छ ।






