२०८२ फाल्गुन ५ गते
×

Now Playing

रुकुममा बाढीपहिरो प्रभावितलाई राहत दिइने


रुकुमपश्चिममा अविरल बर्षाको कारण आएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहायता दिने निर्णय भएको छ । जिल्ला विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिको बैठकले बाढीमा परेर ज्यान गुमाएका व्यक्तिका दुई लाख रुपैया राहत दिने निर्णय भएको हो । यस्तै घाइते भएकाहरुलाई उपचार खर्च वापत उपचार गर्न अस्पताल लैजादाको यातायात खर्च मापदण्ड बमोजिम दिने निर्णय भएको छ ।

अस्ति मंगलवार बिहान बाढीपहिरोमा परेर आठबिसकोट नगरपालिका –१२ झिन्चौरमा तीन बालिकाको ज्यान गएको थियो । यो घटनामा परेर ९ जना घाईते भएका थिए । यही घटनामा परेर वडा नम्बर १२ का ३८ वर्षिय डिल्ली बुढाथोकी अझैसम्म बेपत्ता भएका छन् ।

रुकुममा बाढीपहिरो प्रभावितलाई राहत दिइने

खोलाले बगाउँदा मृत्यु