ग्लाेबल आइएमई लघुवित्त सदस्यको परिवारलाई मृत्यु राहत

ग्लोबल आइएमई लघुवित्त बित्तिय संस्था लि. शाखा कार्यालय बाबियाचौर सुर्खेतले आफ्ना सदस्यको परिवारलाई मृत्यु राहत वितरण गरेको छ । लघुवित्त वित्तिय संस्थामा आबद्ध चौकुने गा.पा. ८ निवासी सदस्य स्व. लक्ष्मीदेवी मगरको परिवारलाई उक्त राहत हस्तान्तरण गरिएको छ ।
संस्थाबाट एक लाख ५० हजार कर्जा उपभोग गर्दै आएकी लक्ष्मीदेवीको २०८० फागुन १९ गते निधन भएको थियो । निजको मृत्यु दाबि भुक्तानी वापत सम्पूर्ण कर्जा रकम मिनाहा गरी थप कागक्रिया खर्च वापत रु. २५ हजार रकम गरी एकमुष्ट एक लाख ७५ हजार बराबरको दाबी भुक्तानी सुबिधा दिइएको जनाइएको छ ।

बिमा दाबि भुक्तानी सुबिधा संस्थाको बाबियाचौर शाखाका प्रमुख सुरेन्द्र शाह र शाखामा कार्यरत कर्मचारी टिकाराम उपाध्यायको उपस्थिति तथा संस्थामा आबद्ध कमलादेवी सिजापतिको अध्यक्षता तथा अन्य सदस्य र केही स्थानीयको उपस्थितिमा मृतक संरक्षक तथा श्रीमान् उदय बहादुर मगरलाई हस्तान्तरण गरियो छ ।






