इनार सफा गर्ने क्रममा निसास्सिएर दुई युवाको मृत्यु

सुर्खेत वीरेन्द्रनगर वडा नम्बर– ११ मा इनार सफा गर्ने क्रममा दुइजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का तोर्ण विकको घरको इनार सफा गर्ने क्रमममा निसास्सिएर उनिहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ पिपिराका वर्ष ३२ विद्यु प्रसाद रेग्मी र सोही ठाँउका ३१ वर्षिया लक्ष्मी कंडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत सुचना अधिकारी वीरेन्द्रबीर विश्वकर्माले जानकारी दिए । उनका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनिहरुलाई प्रदेश अस्पताल कालागाउँ पु¥याएपछी दुबैजनाको मृत्यु भएको हो ।

इनार सफा गर्ने क्रममा निसास्सिएर दुई युवाको मृत्यु

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मी

इनार सफा गर्ने क्रममा निसास्सिएर दुई युवाको मृत्यु

मलामी गएका १ जना नदिमा डुबेर बेपत्ता

This will close in 0 seconds