कृषकलाई थुमा र भेडा वितरण

जुम्लाका एक ३६ कृषकले भेडा तथा थुमा पाएका छन् । जुम्लामा पशु अस्पताल तथा पशुसेवा कार्यालयले धमाधम भेडा पालक कृषकलाई भेडा र थुमा वितरण गरिरहेको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार जुम्लामा अहिले जुम्लाका ५ वटा स्थानीय तहमा चार सय ४० भेडा र थुमा वितरणमा गरिएकोमा छ ।

जनप्रतिनिधिको सहभागीतामा गाउँ– गाउँमा पुगेर वितरण भइरहेको छ । उनले चार सय २९ भेडा र ११ वटा थुमा कृषकलाई दिइएको बताए । जुम्लाको हिमा,सिंजा र गुठिचौर गाउँपालिकामा वितरणमा हुन बाकी छ, भने चन्दननाथ नगरपालिका,पातारासी,तातोपानी,तिला र कनकासुन्दरी गाउँपालिका भित्रका कृषकलाई वितरण गरिएको हो ।

चन्दननाथ नगरपालिका–८ रोकायाबाडा गाउँमा ६९ भेडा,२ थुमा गरि ७१ वटा, पातारासी गाउँपालिका– २ तल्फीमा एक सय २ भेडा ३ थुमा जम्मा १ सय ५, तातोपानी –८ पारीवाडामा ६९ भेडा ,२ थुमा गरि ७१ वटा तिलाको–७ तुइ गाउँमा ८८ भेडा र २ साढे गरि ९० वटा र कनकासुन्दरी गाउँपालिका–८ रानिसिन, रोकायाबाडा र देयारपाटा् गाउँमा ९० भेडा र थुमा २ गरि ९२ वटा वितरण गरिएको जुम्लामा पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका पशु सेवा प्राविधिक तथा योजना शाखा प्रमुख धनबहादुर बानियाँले बताए ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको साझेदारी आधारित एक पालिका एक पशु उत्पादन पकेट विशेष क्षेत्र कार्यक्रम अन्तर्गत वितरण भइरहेको छ । बानियाँले भने,चालू आर्थिक वर्ष २०८०÷८१ को ५६ लाख बजेट कार्यक्रम हो ।

एक गाउँपालिका ७ लाख पर्न जान्छ । जुम्लाका एक नगरपालिका र ७ गाउँपालिका छन् । जसमा ३० प्रतिशत स्वयंम कृषक व्यहोर्नुपर्ने,२० प्रतिशत सम्बन्धित गाउँपालिका र ५० प्रतिशत पशु सेवा कार्यालय व्यहोर्नुपर्ने उनले बताए ।

भेडा पालक कृषकको हौसला बढाइ मासुको आपूर्ति गर्ने,व्यवसायमा जागरुक गराई कृषकको जिवनस्तर उकास्ने कार्यक्रमको ध्याय छ । केही वर्षयता र प्रदेश सरकारले गोठालो भत्ता पनि उपलब्ध गराउदै आएको छ ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्यांक हेर्दा जुम्लामा अहिले ८४ हजार तीन सय ८८ भेडा छन् । भने, बाख्राको ४६ हजार तीन सय छन् । यस्तै जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र छ । कार्यालयबाट भेडापालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधिक तालिम दिंदै आएको कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा जुम्लाका स्थानीय भेडापालनमा आकर्षित हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडापालनमा आकर्षित भएका छन् ।

कृषकलाई थुमा र भेडा वितरण

डीपीआरमै अल्झियो सुर्खेत मेडिकल कलेज

कृषकलाई थुमा र भेडा वितरण

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट