सम्पादकीय : ग्रामीण बस्तीमा प्रबिधी र उपयोगिता
पूर्वाधारको विकासमा अन्य प्रदेशको तुलनामा अति नै पछाडी रहेको छ कर्णाली प्रदेश । जसमा सडक, खानेपानी, विद्युत, टेलिफोनजस्ता पुर्वाधार विकासमा कर्णाली धेरै पिछडीएको छ । भौगोलिक बिकटता, सडक सञ्जाल सबै ठाँउमा नपुग्नु, विद्युतको केन्द्रिय प्रशारण लाईन नपुग्नु, सोलार बत्तीको भरपर्नु, लगायतका कुराले कर्णालीलाई सहज हुने कुराहरुपनि असहज बनेको छ ।
त्यस्तै विकासका पूर्वाधारका आवश्यक पूर्वाधार मध्येको इन्टरनेटको हाईवेको तार कर्णालीको ९ जिल्लामा विस्तार गरेको छ । जसले विश्वलाई एकै ठाँउमा बनाउने सुचना र प्रविधिको विकासलाई कर्णालीमा थप टेवा पुग्ने छ । जसले कर्णालीमा ग्लोबलाईजेशनमा सहज हुनेछ । सूचना र प्रविधिले कर्णालीबासीको मानवजिवन सहज बनाउने छ भने कतिपय प्रयोग भन्दा पनि दुरुपयोगले कतिपय अवस्थामा कर्णालीवासीको जीवन असहज समेत बनाउने छ ।
सूचना र प्रविधिले विश्वलाई एउटा सानो गाउँ त बनाउँछ नै तर त्यति सहज संसार बनाउँदा इन्टरनेट प्रयोगको लत त मान्छेले अहिले पनि कुनै न कुनै तरिकाबाट पुरा गरेकै छन् । अब झन त्यसको सहज पहुँच हुने भो हालसम्म जहाँ ईन्टरनेटको सुविधा थिएन त्यहाँको प्रचार प्रसारमा असहज भएको थियो । अब मानिसहरुले प्रविधिको प्रयोग गरेर स्थानीय उत्पादन, ऐतिहाँसिक र पुरातात्विक चिजहरुको प्रचार प्रसारमार्फत पर्यटन बिकास गर्नेछन् ।
र स्थानीय उत्पादनहरुको विश्वबजारमा प्रविधिको प्रयोग गरेर आफ्ना उत्पादनहरुको बिक्रि वितरणसमेत गर्नेछन । हाल जीयको जीवनलाई सरल र सहज बनाउनेछन । तर त्यो प्रविधिलाई सदुपयोग गरे न त्यसको सकारात्मक प्रतिफल प्राप्त हुन्छ । नभए त प्रविधिले जति मानव जीवन हामीलाई सहज बनाएको छ त्यसको सदुपयोग गर्न नसक्दा धेरैका जिन्दगी बर्बाद भएका उदाहरण हाम्रो समाजमा थुप्रै छन् । प्रविधिको सहजताले मानिसलाई कति फाईदा गरेको छ ? अनि कति बेफाईदा गरेको छ ? के साँच्चै यो निकालिएका हिसाब र प्रयोग गर्ने तरिका ठीक छ त ? कतै हामी आवश्यकता भन्दा बढी सामाजिक सञ्जालको प्रयोग गरेका त छैनौं ?
प्रविधिको प्रयोगबाट हामीले आफ्नो व्यक्तिगत जीवन सहज बनाएका छौं कि असहज ? कहिल्यै हामीले त्यसको समिक्षा हामी हरेक व्यक्तिले आ–आफ्नो तर्फबाट गरेका छौं कि छौनौ ? यदि गरेका छौं भने आफुले आफैलाई मुल्याङ्कन गर्दा कति प्रतिशत नम्बर दिन्छौं हामी आफुले आफैलाई ? भन्ने कुराको हेक्का हामीले कहिल्यै राखेका छौं कि छैनौ ? छैनौ भने आवश्यकता हो की होईन ? यदि आवश्यकता हो भने आफैबाट समिक्षा सुरु किन नगर्ने ? कि यसको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने हो भन्ने त होईन होला नि ?
सूचना र प्रविधिको प्रयोगले मानव जीवनलाई सजिलो जत्तिकै अप्ठ्यारो पनि बनाएको छ । किनकि सही सदुपयोग गर्न जान्नेहरुले संसारको एक कुना बसेर संसारलाई आफ्ना मुठ्ठीमा राखेर ग्लोवलाईजेशन बनाईदिएका छन् । त्यसैगरी कतिले त्यही प्रयोग गर्न नजान्दा भएको आफ्नो जीवन त बर्बाद पारेका छन् नै आफ्ना सन्तान परिवार लगायत सम्पूर्ण समाजलाई नै क्षतविक्षत समेत बनाएका छन् ।
त्यसैले सरकारले नेपालमा कुन उमेर समूहलाई कुन कुन चिजमा पहुँच दिने ? कसलाई कुन चिजको पहुँचमा रहन नदिने भन्ने कुराको निगरानी सरकारले एउटा संयन्त्र बनाएर आफ्नो मातहतमा चाही राख्नुपर्छ । यहाँ नियमन निकायको समेत कमजोरीका कारण उपत्तिभन्दा क्षति धेरै भएको छ । यसलाई न्यूनिकरणतर्फ लाग्नुपर्छ ।





