जुम्लामा कम्यूनिष्टहरु मञ्चमा : नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया


जुम्लामा नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टीको आयोजनामा जुम्लाका कम्यूनिष्ट पार्टीहरु विचमा समाजवादको बिषयमा अवधारणा पत्र प्रस्तुत सहित पार्टीहरुको धारणा लिईएको छ ।

कम्यूनिष्ट पार्टीको कार्य योजना अनुसार जुम्लामा नेपाली विशेषताको समाजवाद विषयमा कार्यपत्र प्रस्तुत गरिएको आयोजकले जनाएको छ । पार्टी महासचिव विप्लव सिले तयार भएको २७ पृष्ठको कार्यपत्र कालिकोट जिल्ला ईनचार्ज विवेकले प्रस्तुत गर्नु भएको छ ।होटल स्टारमा गरिउको कार्यपत्रमा नेपाली जनताको दशकौ पुरानो चाहना भएपनि नेपाल कम्यूनिष्ट पार्टीले नेपाली समाजवादको विशेषताको बिषयमा सश्लेषण र प्रस्ताव गरेको उल्लेख छ ।

कार्यपत्रमा भनिएको छ, नेपाल २१ औ सताब्दीमा विश्वलाई नेपाली विशेषताको समाजबाद दिने अग्रगामी राष्ट्र बन्न सक्छ । नेपाली समाजवाद वारे सारा प्रगतिशिल अग्रगामी एवं क्रान्तिकारी शक्तिले वुझ्नु पर्दछ । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव बिप्लव सिले परिकल्पना गर्नु भएको सो कार्यपत्रमा नेपालमा प्रतिनिधित्व गर्ने राजनैतिक दल र जनताले ढिला नगरी नेपाली विशेषताको समाजवादलाई वुझ्न, पकड्न र पुरा गर्न आवश्यक छ ।

विश्लेषणात्मक कार्यपत्रमा नेपाली विशेषताको समाजवादको राजनैतिक विशेषता, आर्थिक विशेषता, साँस्कृतिक विशेषता, अन्तर्राष्ट्रिय सम्बन्ध, भाषिक मान्यता, शैक्षिक विशेषता, जनस्वास्थ्य विशेषता, सूचना सञ्चार विशेषता, सुरक्षा विशेषता,कर्मचारी तन्त्रको बिशेषता, नागरिकता प्रणाली, यातायात प्रणाली, विधुत तथा उर्जा प्रणाली, कुटनितिक सम्वन्ध,मानव अधिकारको बिषय, सञ्चार स्वतन्त्रता, पर्यावरण, खेलकुद कस्तो हुने बिषयमा अवधारणा पत्र प्रस्तुत गरेको हो ।

कार्यपत्र तथा अवधारणापत्रमा विभिन्न कम्यूनिष्ट घटकका नेताहरुले आफ्नो सुझाव तथा धारणा व्यक्त गर्नुभएको छ ।अन्तरक्रियामा नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटी सदस्य शुशिल सिले अवको मिसन ८४ नभई समाजवादको आवश्यकता भएको बताए।उनले कतिपय दलले मिसन ८४ भनिरहेको बिषयमा संसदवादी दलको काम नभएकाले मिलेर समाजवादको यात्रामा जान अपिल गरे।

२०८४ सालको निर्वाचन उद्दारवादी दक्षिणपन्थिको हातमा जाने डर भएको बताउदै अव मिलेर नेपाली विशेषताको समाजवादको यात्रामा लाग्नु उत्तम विकल्प छ। साम्राज्यवादले हेर्ने माओवादी, एमाले, समाजवादी कुनैलाई फरक नभई केवल कम्यूनिष्ट झण्डा हेर्ने भएकाले समाजवादबाटै हामी सक्षम हुनुपर्ने वताउदै जुम्लामा ज्ञानेन्द्र शाही एक पात्र भएको तर अदृश्य शक्ति अरु भएकोले सचेत हुन आवश्यक रहेकोमा जोड दिए ।

यसका लागि अव कम्यूनिष्टले अस्तित्व सँगै सहअस्तित्व कायम बढाउनुपर्ने छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज प्रभाजित सिले जुम्लालाई कसरी कम्यूनिष्ट मय मनाउने बिषयमा ध्यान दिनुपर्ने उद्देश्य र पार्टीको केन्द्रीय कार्ययोजना अनुसार अन्तरक्रिया भएको जनाए। अन्तरक्रियामा नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा पूर्व राज्यमन्त्री वलबहादुर महतले समाजवादी गणतन्त्र चुनौतिको बिषय भएपनि कम्यूनिष्टले मित्र शक्ति पहिचान गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

कम्यूनिष्टहरु एकता हुन जिल्ला जिल्लाबाटनै दवाव समेत आवश्यकता रहेको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य डिल्ली प्रसाद काफ्लेले समाजवाद अगाडि बढ्न नदिने तत्वहरु संशोधनवादी रहेको बताउदै सोभियत संघबाट शुरु भएको संशोधनवाद नेपालमा समेत पुगेको बताए।उनले अवको आवश्यकता समाजवादी गणतन्त्र छ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपानेले अवधारणा पत्रमा समाजवादमा कसरी पुग्ने भन्ने थपिनुपर्ने, समाजवाद भनेको सम्पति राष्ट्यिकरण हुने, उत्पादनका सामग्री साझा हुने, न्यायपूर्ण वितरण, शिक्षा, स्वास्थ्य निशुल्क हुने बिषयमा जोड दिईएको हुनुपर्ने बताए ।

अन्तरक्रियामा ज्येष्ठ कम्युनिष्ट नेता रामकृष्ण बुढ्थापाले अव नेपालमा सवै कम्यूनिष्ट एक नभए समाजवाद नआउने बताउदै माक्र्सवाद, लेलिनवाद र माओवादको निश्कर्षको नेपाली विशेषताको समाजवाद हुनेमा जोडगरे।

एकिकृत समाजवादीका जिल्ला अध्यक्ष दयादत्त हमाल, नेकपा एमालेका नेता गोरख पछाई, नेमकिपा वर्दिया अध्यक्ष टिका प्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्र गुठिचौरका अध्यक्ष लालबहादुर रावत, नेमकिपाका यज्ञबहादुर बुढथापा, पत्रकार महासंघका उपाध्यक्ष दिलमाया शाही, नेपाल कम्यूनिष्ट पार्टीका दिलिप सि लगायतले सुझाव सहित धारणा राखेका थिए ।

जुम्लामा कम्यूनिष्टहरु मञ्चमा : नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया

कर्णाली सरकारको विकास खर्च १० महिनामा २३

जुम्लामा कम्यूनिष्टहरु मञ्चमा : नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया

वन अतिक्रमण गरि लगाइएका स्याउका बिरुवा काटेर