सडकले फेरियो : जनजीवन


जुम्लाको सिंजा गाउँपालिका–६ जोडु,रुघा भाडगाउँ र काडागाउँमा अहिले सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । हिमाली जिल्ला मुगुको राराताल जाने सडकसँग जोडिएको यो जुम्लाको सिंजा गाउँपालिका ।

स्थानीय सरकार आउनुपूर्व गाउँपालिकाको उच्च तथा ग्रामीण भेगका धेरै गाउँ बस्तीमा सडक पुगेका थिएनन् । गाउँपालिकाले सबै गाउँ बस्तीमा सडक पु¥याएको छ । सिंजा –६ का ८७ वर्षीय मोतिराम बुढाले गाउँमा सडक आएपछि गाउँलेको जीवनशैली बदलिएको बताए ।

बजारभन्दा गाउँ निकै टाडा हुँदा यहाँका नागरिकले दुई दिन लगाएर नुन तेल,लुगाफाटो चामल लगायतका खाद्यान्न जोहो गर्नुपरेको बुढाले स्मरण गर्दछ । उनले भने, ‘गाउँ देखि जुम्लाको सदरमुकाममा खलंगामा जादा ठ्याक्कै दुई दिन लाग्थ्यो । जुम्लामा २०६३ सालमा सडक आएको थियो, यहाँबाट सदरमुकाम पुगेर सामान ल्याउने गथ्यौँ, पहिला, त्यहाँ जान आउन दुई दिन लाग्थ्यो, अहिले सामान घरमै आउँछ, उतिबेला महिनौँ दिनका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनुपथ्र्यो ।’

गाउँपालिकाको ६ वटै वडामा सडक पुगेको छ । गाउँपालिका आलु, फापर, कोदो, चिनो, कागुुनो, ओखर, स्याउ, मकै, जौँ, गहुँ, तोरी, सिमी र भाँगो उत्पादनमा उर्वर मानिन्छ । अहिले यहाँका कृषिउपज वस्तु बजारीकरणमा सहज भएको स्थानीय धनबहादुर बुढाले बताए ।

विगतमा कृषकले उत्पादन गरेका आलु, सिमी,स्याउ, ओखर र भाँगो खेर जाने गरेको भन्दै अहिले सहजरुपमा बजार पाउने गरेको उनले बताए।उनी भन्छन, ‘सडकले गाउँ र गाउँलेलाई आम्दानीसँग जोडेको छ, गाडी आएर कृषकले बेच्न चाहेका सामान लिएर जान्छ, धेरैको जीवनस्तर उकासिने क्रममा छ ।’

अर्को स्थानीय ७० वर्षीया राजकली बुढाले पछिल्लो एक दशकयता सिंजा–६ सबै बस्तीमा ठूलो परिवर्तन आएको बताइन । उनले गाउँमा कोही सामान्य बिरामी परे डोलामा बोकेर अस्पताल पु¥याउने गरेको स्मरण गर्दै अहिले जहाँ भने त्यहाँ गाडी पुग्ने हुँदा उपचार समयमै गराउन पाएको बताइन । आफूहरुले २०÷२५ वर्ष अगाडि सुर्खेत, नेपालगन्ज काठमाडौ लगायतका ठाउँबाट दैनिक उपभोग्य सामान किनेर उपभोग गरेको सम्झिए ।

‘विकास भनेको नै यही हो, हाम्रो पालामा अहिलेको जस्तो मोटर गाडी,बस,एम्बुलेन्स, हिँड्ने सडक थिएन, हामीहरु साँघुरो गोरेटोमा हिँड्थ्यौँ, बिजुली थिएन, टुकी र वन जंगलमा पाइने झरोको भरमा रात कटाउँथ्यौँ, पढ्ने लेख्ने चलन थिएन, नुन, चामल,तेल ल्याउन हप्तौ लगाएर सुर्खेत नेपालगन्ज जान्थ्यौँ’, बुढाले आफ्नो विगत स्मरण गर्दै भनीन, “अहिले केही कमी छैन, सबै थोक गाउँमै छ, पहिले–पहिले मान्छेहरु यहाँ विकट भयो, विकास भएन भनेर तराईतिर बसाइँसराइ गए, अहिले यही तराई भयो ।

गाउँपालिकाका– ६ का वडा अध्यक्ष लालबहादुर बुढाले गाउँ– बस्ती छरिएकाले एकै पटक विकास हुन नसकेको भन्दै अहिले धेरै बस्तीमा सडक पुगेको बताए । भौगोलिक कठिनाइका बाबजुद विकासका ढोका खुलेको बताउँछन् ।

उनले सुरुका वर्षहरुमा सडक निर्माणमा जोड दिएको थियोे । अहिले ती सडकलाई फराकिलो र बाह्रै महिना सवारीसाधन सञ्चालन हुने गरी काम गरेको बताए । सडक विकासको मुख्य आधार भएकाले यसलाई प्राथमिकतामा राखेर विस्तार गरिएको उनको भनाइ छ ।

उनी भन्छन, ‘एक गाउँदेखि अर्को गाउँ जोड्न धेरै बजेट लाग्छ, अहिले पालिकाका अधिकांश गाउँमा कच्ची सडक पुगेकाले नागरिकको दैनिकीमा सहज भएको छ । कच्ची सडक व्यवस्थित बनाउने योजना छ ।’

सडकले फेरियो : जनजीवन

यार्सा संकलन गर्न गएका जुम्लाका चार युवा

सडकले फेरियो : जनजीवन

प्रशारण लाइन निर्माणमा मुख्यमन्त्री कँडेलको चासो