समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यात्रू सुरक्षा अभियान


जिल्ला प्रहरी कार्यालय सुर्खेतले समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यात्रू सुरक्षा अभियान २०८१ अन्तर्गत सचेतनामुलक कार्यक्रम गरेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यात्रू सुरक्षा अभियान २०८१ अन्तर्गत सचेतनामुलक कार्यक्रम जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं.५ स्थित बाबियाचौर, सिम्ता गाँउपालिका वडा नं. ६ स्थित बादेपिपल चेक पोष्ट, भेरीगंगा नगरपालिका वडा नं. ९ स्थित जहरे चेक पोष्टमा अ.ट्रा.प्र.पोष्ट, लेकबेशी नगरपालिका वडा नं. ६ स्थित हिलेसोतामा अ.ट्रा.प्र.पोष्ट, र अस्थायी प्रहरी पोष्ट बोटेचौरमा सचेतनामुलक कार्यक्रम गरेको हो ।

उक्त अभियान सुर्खेतको पञ्चपुरी नगरपालिका, सिम्ता गाँउपालिका, भेरीगंगा नगरपालिका, लेकबेशी नगरपालिका र गुर्भाकोट नगरपालिकामा गरिएको थियो ।

अभियानमा सहभागि १ सय ६० जना बढि सार्वजनिक तथा निजि सवारी साधनहरुका चालकहरु, सह–चालकहरु, यात्रुहरु, शिक्षकहरु र विद्यार्थीहरुलाई सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम सम्बन्धी जानकारी गराई चालक संग एक मिनेट कार्यक्रम गरी सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाइएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यात्रू सुरक्षा अभियान

विवाह गर्न वडाको सिफारिस अनिवार्य

समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यात्रू सुरक्षा अभियान

१९ दिनदेखि अस्पतालमै शव, अस्पताल निर्देशक र