सुर्खेतमा बस दुर्घटना हुँदा ११ जना घाइते, चार जनाको अवस्था गम्भीर


सुर्खेतमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–३ स्थित मस्तरामा बाँकेको नेपालगन्जबाट जाजरकोटको लिस्सातर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको यात्रुबहाक बस मंगलवार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भई सडकको बाँया किनारामा पल्टिएको छ । दुर्घटनामा परी ११ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको उनले बताए । घाइतेहरूको जामुने बजारमा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको छ ।

बसमा १९ जना यात्रु सवार थिए । बस चालक रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१४, बस्ने २४ वर्षीय प्रकाश मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुमध्ये जाजरकोट बारेकोट गा.पा. १ बस्ने वर्ष ६५ कि कलि नेपाली दुवै हात र टाउकोमा चोट, जिल्ला रुकुम पश्चिम चौरजहारी न.पा. १ बस्ने वर्ष ४८ को विजय गोसाईं दाहिने हातमा चोट लागेको छ ।

यस्तै वर्ष ४८ कि खुमा कु. गोसाईं दाहिने खुट्टामा,ढाडमा चोट मध्यम, जाजरकोट भेरी.न.पा. १ बस्ने वर्ष १५ कि गृष्मा राना टाउकोमा, वाँया खुट्टामा,पेटमा चोट, दैलेख चामुण्डामा ग.पा. २ बस्ने वर्ष २३ गणेश थापा दाहिने हातमा चोट, जाजरकोट छेडागाड न.पा. १३ बस्ने वर्ष १७ कि लक्ष्मी सिंह ढाडमा, टाउकोमा चोट, वर्ष २० को गोविन्द सिंह अण्डकोषमा चोट, बाँके कोहलपुर न.पा. २ बस्ने वर्ष ४२ को लाल ब. सिंह वाया हातमा चोट, जाजरकोट नलगाड न.पा. ५ बस्ने वर्ष ५२ को भीम ब. सिंह वाँया खुट्टमा चोट, डोल्पा त्रिपुरा सुन्दरी गा.पा. ४ बस्ने वर्ष २१ कि रनिता परियार टाउकोमा,ढाड,खुट्टामा चोट र रुकुम पश्चिम चौरजहारी न.पा. १ बस्ने वर्ष ३० कि केतना नेपाली पेटमा चोट छ भने अवस्था सामान्य रहेको छ ।

सुर्खेतमा बस दुर्घटना हुँदा ११ जना घाइते, चार जनाको अवस्था गम्भीर

YUGAAWHAN NATIONAL DAILY (2081-01-18)

सुर्खेतमा बस दुर्घटना हुँदा ११ जना घाइते, चार जनाको अवस्था गम्भीर

आरन लोप हुने अवस्थामा