दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले, एक जनाको मृत्यु


दाङमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ तरुलियामा आगलागी हुँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तरुलिया निवासी ८७ वर्षिय वीर बहादुर बोटे रहेका छन् ।
यस्तै राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए ।

सो गाउँमा २५ वटा घर थिए । तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आईतवार दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन् ।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरेपनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए । यहाँको वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो । हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको स्थानीय वलीले बताए ।

दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले, एक जनाको मृत्यु

आमाको हत्या गरेको आरोपमा छोरी पक्राउ

दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले, एक जनाको मृत्यु

लगानी सम्मेलनः नेपालमा ढुक्क भएर लगानी गर्न