कोटेश्वरमा जारि भलिबल प्रतियोगिताको विजेता न्यु सिम्तालि कल्ब


सिम्ताको कोटेश्वरमा जारि भलिबल प्रतियोगितामा न्यु सिम्तालि मर्निङ स्टार युथ कल्बले एक लाख राशिको पुरस्कार हात पारेको छ ।
त्यसै गरि उप वेजेतामा नाहागाउँ सिम्ता गाउँपालिका रहेको आयोजकले जनाएको छ । महाशिवरात्री तथा गाउँपालिका स्थापना दिवसको अवसर पारेर आयोजित सो कार्यक्रम भलिबल,डोरि तान्ने,व्यट्मिन्टिन लगाएतका खेलहरु ३ दिनसम्म चलेको थियोे ।

सिम्ताको कोटेश्वरमा जारि भलिबल प्रतियोगिता अन्तिम फाइनल खेल हेर्नेहरुको भिड लागेको थियोे ।त्यसैमा सुर्खेति कलाकारहरुले साँगेतिक महालले रौंनक छाएको थियोे ।

सिम्ताको कोटेश्वर मन्दिर स्थानीय आसपास क्षेत्रकै प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थानका रुपमा चिनिन्छ । विजेता,उप विजेता खेलाडीहरुलाइ गाउँपालिका अध्यक्ष ऐन वहादुर चन्द,निर्वतमान अध्यक्ष कविन्द्र कुमार केसि,उपाध्यक्ष गोमा रेग्मी, प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगाली,सम्पुर्ण वडाका वडा अध्यक्ष,कार्यापालिका सदस्य, राजनीतिक दलका प्रतिनिधिहरुले पुरस्कार वितरण गरेका थिए ।

समापन सत्रमा अध्यक्ष चन्दले आगामी वर्ष कोटेश्वरमा शिवको मुर्ति स्थापना गरेर उक्त क्षेत्रको विकासमा अझै दत्तचित्त भएर लाग्ने जनाए । सिम्ता खेलकुद विकास समिति अध्यक्ष विरेन्द्र सिंह ठकुरीको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुन्दर मल्लले गरेको जनाएको छ ।

कोटेश्वरमा जारि भलिबल प्रतियोगिताको विजेता न्यु सिम्तालि कल्ब

सम्पादकीय : बैंकको केन्द्रिकृत खरिद नीति सच्याऊ