अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

कर्णाली प्रदेश खेलकुद विकास परिषदको आयोजनामा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

मैत्रीपूर्ण उक्त प्रतियोगितामा महिला र पुरुष टिमले संयुक्त खेल खेलेका थिए । महिला टिमको कप्तानी कर्णाली प्रदेश सभा उप–सभामुख यसोदा न्यौपानेले गरेकी थिइन् भने पुरुष टिमको कप्तानी कर्णाली प्रदेश सरकार जल श्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले गरेकी थिइन् ।

सुर्खेत वीरेन्द्रनगर कालिन्चोक स्थित रग्बी मैदानमा भएको उक्त प्रतियोगितामा दुबै टिमको एक÷एक गोलको बराबरीमा खेल टुङ्गिएको थियो ।

कर्णाली प्रदेश सभा उप सभामुख यसोदा न्यौपानेले कर्णाली प्रदेश खेलकुद विकास परिषदले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेकोमा परिषदलाई धन्यवाद दिइन् । खेलमा हार जित स्वाभाविकै हुन्छ आजको खेलले खेल नियमित खेल्नु पर्छ भन्ने लाग्यो ।, ‘उनले भनिन्,’ ‘अब कर्णाली खेलकुदमय बनाउनको लागि सबैले खेलको महत्व बुझि खेल खेल्न तिर रुचि राख्नु पर्छ ।’

कर्णाली प्रदेश सरकार जल श्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले खेलको बास्तविक अनुभूति खेल खेलिसकेपछि मात्र थाहा हुने भन्दै सबैले एक पटक खेल्नु पर्ने बताइन् । खेलाडीहरुसँग सँगै खेल खेल्दा रमाइलो अनुभूतिको भएको भन्दै मन्त्री विश्वकर्माले यस्ता मैत्रीपूर्ण प्रतियोगिताहरु नियमित हुनु पर्ने बताइत् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

कर्णालीमा रासायनिक विषादीमुक्त सप्ताह सुरु

अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2080-11-26)