खार्पुमा बेलिब्रीज बन्ने अनिश्चित


कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिकाको खार्पुमा दोजाम कर्णाली नदीमाथि बन्ने भनिएको बेलिब्रजी अनिश्चित देखिएको छ ।

सडक विभागमा एउटा पक्ष सो स्थानमा पक्की पुलको निर्माण भइरहेका कारण बेलिब्रीज बनाउनु उपयुक्त नभएको लविङमा लागेको कारण सो पुल बन्ने कुरा अनिश्चित भएको हो ।

नेपाल सरकार र सडक विभागको लक्ष्य यसै आर्थिक वर्षमा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने रहेको छ । यसका लागि सरकारले दुल्ली कुनदेखि लालीबगरसम्मको आठ किलोमिटर सडक नेपाली सेनालाई निर्माणका लागि जिम्मा लगाइएको छ । जहाँ सेनाले काम गरिरहेको छ ।

सेनाले हाल छारे खण्डको असजिलो भागमा काम गरि रहेको छ र सेनाले यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने पटक पटक जनाइरहेको छ । अर्को कुरा सदरमुकाम सिमकोटलाई सडक सञ्जालसंग जोड्नका लागि खार्पुको दोजाम कर्णालीमा पक्की पुल निर्माणाधीन अवस्थामा छ ।

जो यसै आर्थिक वर्षमा सम्पन्न हुन संभावना छैन । अझै उक्त पुल निर्माण गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने निश्चित छ । त्यसैले सिमकोटलाई असारसम्म सडक सञ्जालसंग जोड्नका लागि खार्पुको दोजाम कर्णालीमा बलिब्रीज निर्माण गर्नु उपयुक्त बिकल्प हो ।

यसैका पहलका लागि कर्णाली प्रदेशका पुर्बमुख्यमन्त्री जीवनबहादुर शाही लविङमा लागेका थिए । गत पुस ७ गते करिडोर कै सलीसल्लामा निर्माण कार्य सम्पन्न भएको बेलिब्रीजको उद्घाटन कार्यक्रम भौतिक पुर्बाधार मन्त्री प्रकाश ज्वालाले खार्पुमा बेलिब्रीज निर्माण गरेर सिमकोटलाई यसै आर्थिक वर्षमा सडक जोड्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्रीको भनाइअनुसार हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमु बेलबहादुर नेपालीले बेलिब्रीज निर्माणका लागि फाईलसमेत विभागमा पठाइसकेका छन् । तर, विभागमा एउटा पक्ष पक्की पुल निर्माण भइरहेकोले सो स्थानमा बेलिब्रीज निर्माण गरेर किन आर्थिक ब्यहभार बढाउने भनेर पुल निर्माण गर्न नदिने पक्षमा दह्रैसंग लागेको बुझिएको छ ।

विभागले आयोजना प्रमुख नेपालीसंग बेलिब्रीज निर्माण गर्नुको औचित्य पुष्टि हुने आवश्यक कागजात पठाउन निर्देशन दिई सकेको छ । जसमा हाल पक्की पुल निर्माण कार्य गरि रहेको कम्पनीको प्रतिबद्धता पनि समावेश गरिनेछ । यसबाट खार्पुमा बेलिब्रीज निर्माण गर्ने कार्य अनिश्चित देखिएको हो र केही गरी निर्माण कार्य भैहाले पनि यसै आर्थिक वर्षमा सम्पन्न गर्ने कार्य सुस्ताउँदै हुँदै गएको देखिन्छ । किनकि विभागले केही गरि खार्पुमा बेलिब्रीज निर्माण अगाडि बढाउने नै भए सरकारी प्रक्रियाले पनि असारसम्म पुल निर्माण सम्पन्न गर्न सहज देखिँदैन ।

खार्पुमा बेलिब्रीज बन्ने अनिश्चित

बच्चा चोरी गर्ने मनकुमारी विरुद्ध अपहरण कसुरमा