डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएशन नेपाल (डान) कर्णाली प्रदेश संयोजकमा राना चयन


डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएशन नेपाल (डान) कर्णाली प्रदेश संयोजकमा यामबहादुर राना चयन भएका छन् ।
सुर्खेतको विरेन्द्रनगरस्थित आयोजित एक कार्यक्रमबीच नयाँ प्रदेश संयोजन समितिको सार्वजनिक गरेको हो ।
डानको सह संयोजकमा हरि प्रसाद सुबेदी, सचिबमा जगत प्रसाद उपाध्याय र कोषाध्यक्षमा सुरज बि.सी. चयन भएका छन् । यस्तै, सदस्यमा डा. मदनमणि सापकोटा, सुस्मिता सुबेदी र सुदीप कँडेल चयन भएका छन ।
कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाही प्रमुख अतिथि र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशका सचिव डा. नरहरी प्रसाद घिमिरे विशेष अतिथी रहेका थिए ।
उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय कृषि संकायका डीन विमललाल कर्ण, विश्वविद्यालयकै बिज्ञान तथा प्रविधि संकायका डीन सुदीप ठकुरी, नेपाल निजामति कर्मचारी युनियन, सुर्खेतका अध्यक्ष गणेश थापा, नेपाली काँग्रेस, सुर्खेतका पूर्व सभापति कमलराज रेग्मी लगायत कृषि क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता प्रदेश संयोजन समितिका निवर्तमान संयोजक रबिन धितालले गरेका थिए । डानको छैटो केन्द्रीय साधारण सभा भने यही फागुन २२ गते काठमाडौंमा हुने भएको छ ।






