विकटता भित्र समृद्धि खोज्दै: जुम्लाको तिला गाउँपालिका


जुम्लाको तिला गाउँपालिका भौगोलिक रुपमा जिल्लाका ८ वटा स्थानीय तहभन्दा निकै विकट रुपमा चिनिन्छ।अहिले पनि तिला धेरै गाउँ बस्तीहरुसम्म पुग्न तीनदेखि चार घण्टासम्म पैदल लाग्छ ।तिलामा १ देखि ९ वडा छन् ।
गाउँ बस्तीहरुमा सडक पुगेको छ । तिला नदी माथिको राम्रो पुल नहुँदा बाह्रैं महिना सवारी सञ्चालन आउदैनन् । तर, तिला गाउँपालिकाले पछिल्लो समय भौगोलिक विकटताभित्र समृद्धिको यात्रा गर्ने बाटोमा लम्केको छ।भौतिक पूर्वाधार निर्माणका हिसाबले तिला गाउँपालिका अब्बल देखिएको छ ।
नीति निर्माण र कार्यान्वयनमा निकै अगाडि फड्को मारिरहेको छ । संघीय र प्रदेश सरकारका ठूला योजनाहरु मात्रै झण्डै एक दर्जन छन् । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा एक दर्जन ठूला योजना निर्माण प्रक्रिया थालेको छ ।
आफ्नै तीनवटा प्रशासकीय भवन निर्माण गरेर भाडाको घरमा कार्यालय छोड्ने चरणमा पुगेको छ । सुविधा सम्पन्न सभाहल, कार्यकक्षहरु, बिषयगत कार्यालयहरु सहित पक्की भवनमा छन् । गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा पालिकाले गर्नुपर्ने सबै कामहरु तीब्र गतिमा भइरहेको बताउँछिन्।
चालु आर्थिक बर्षमा ठेक्का मार्फत् निर्माण हुने योजना, निर्माणाधीन भएका विकास योजनाहरुदेखि अहिलेसम्म तर्जुमा भएका नीति, नियमावली, ऐन, कार्यविधिहरुको कार्यन्वयनको अवस्था सन्तोषजनक छ ।
मानव विकासका हरेक सुचांकमा तिला कमजोर छ । तर कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार क्षेत्रको विकासका लागि आवश्यक प्रक्रिया पनि अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।
उनका अनुसार १२ वटा योजनाहरु निर्माणको लागि ठेक्का प्रक्रियामा छन्।१३ औं गाउँसभाले १४ वटा विभिन्न नीति, कार्यविधि र निर्देशिका पारित गरेको छ । नीति तथा कार्यक्रमको पुर्ण कार्यान्वयन, सेवा प्रवाहमा चुस्तता, विकास निर्माणलाई गति दिन, कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध समधुर बनाउन र तिलालाई समग्र जिल्लाको अब्बल गाउँपालिका बनाउन लागि परेको उनले बताए ।
मानेचौरदेखि रिपिसम्म सडक निर्माण, कुडारी बजारदेखि डुंग्रीसम्म सडक स्तरउन्नति, सरस्वती माबिको ८ कोठे पक्की भवन निर्माण, ज्योति माबि पक्की भवन निर्माण, देउराली माबि ८ कोठे पक्की भवन, दबिदेउराली आबि ६ कोठे पक्की भवन, राँसोदेखि नदै गुफासम्म सडक निर्माण योजना निर्माणाधीन अवस्थामा छन् ।
तुही हुदैं घोडेसीमसम्म कृषि ग्रामीण सडक निर्माण, तिलचौरदेखि लासीसम्म तटबन्धन निर्माण, ग्रामीण कृषि सडक सडक रारादेखि घोडे सुडि मानेचौर राँसा हुँदै खोप्री सडक स्तरोन्नति, रारादेखि पुरु जुम्लाकोट हुँदै मानेचौर सडक स्तरोन्नति र सिता माबि पक्की भवन लगायतका योजनाहरु ठेक्का मार्फत चालु आर्थिक बर्षमा निर्माण हुने छन् ।
यस्तै विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, सडक आश्रित मानव उद्दार पुर्नस्थापना तथा व्यवस्थापन कार्यविधि, बालमैत्री आचारसंहिता कार्यविधि, बालविवाह सम्बन्धी रणनीति योजना, बालबालिका सम्बन्धी पञ्चवर्षिय रणनीतिक योजना–२०८० पारित गरेको छ ।
विपन्न नागरिक उपचार सहायता कार्यविधि–२०८०, भवन निर्माण मापदण्ड कार्यविधि, जग्गाको वर्गीकरण कार्यविधि, तिला गाउँपालिका शिक्षा नियमावली, स्थानीय विपद तथा जलवायु उत्थानशील योजना–२०८० र तिला गाउँपालिकाको अवकाश कोष कार्यविधि–२०८० सहितका नीतिहरु पारीत भएका छन् ।
हालसम्म २० वटा ऐन, ४ वटा नियमावली, १६ वटा कार्यविधि, २ वटा निर्देशिका र १ वटा नीति गरी कुल ४३ वटा कानुनहरु निर्माण भई राज पत्रमा प्रकाशन भएर कार्यान्वयनमा छन्। यता गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले कानुन निर्माण बिना विकास निर्माणदेखि सेवा प्रवाहमा कठिनाई हुने भएकोले कानुन निर्माणमा पहिलो प्रथामिकता दिएको बताए ।
उनका अनुसार कानुन निर्माणपछि भौगोलिक रुपमा विकट तिलामा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । नागरिकको सेवा सन्तुष्टिलाई मुख्य प्रथामिकता राखेर काम गरिरहेको उनले जनाए ।
‘मानव विकासका विभिन्न सुचांकमा तिला कमजोर छ’, उनले भने्, ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका क्षेत्रमा सन्तोषजनक नतिजा ल्याउने गरी काम गर्नुपर्नेछ ।
सबैको निस्वार्थ भुमिका हुनपर्छ । झगाउँपालिकाले चालु आर्थिक वर्षमा चालु र पुँजीगत गरी कुल ५१ करोड २४ लाख ३७ हजार ७ सय ९७ रुपैयाकक विनियोजन गरेकोमा माघ समान्तसम्म १५ करोड ५२ लाख ४६ हजार ९२८ रुपैयाँ खर्च गरेको छ ।






