सल्यानमा यात्रु मैत्री अभियान सञ्चालन


सल्यान जिल्लाको सुरक्षा समितिले चालक सङ्ग दुई मिनेट अभियान कार्यक्रमलाई प्रभावकारी पारेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत अम्रामा चालक सङ्ग दुई मिनेट कार्यक्रम आज सञ्चालन गरिएको छ ।
सवारी साधन चलाउदा ध्यान दिनुपर्ने कुराहरू, ट्राफिक नियम लगाएतका कुराहरू जानकारी गराएको थियो । त्यसैगरि चालकहरूको स्वास्थ्यकर्मीले स्वास्थ्य चेकजाँच समेत गरेका थिए । गाडी तथा मोटरसाइकलहरुको अवस्थाको वारेमा हेरफेर गरिएको थियोे ।
साधान सहि तरिकाले चलाएको छ कि छैन भनेर मेकानिकल चेकजाँच समेत गरिएको थियोे । दुर्घटना न्यूनीकरण गर्नको लागि यस्तो अभियान सन्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपि नवीन कार्कीले जानकारी दिए ।
चालकहरू मापसे गरेर चलाएमा स्पिड बढी बनाएर चलाएमा यात्रुहरुलाई प्रहरीलाई खबर गर्न र सुरक्षीत यात्रा गर्न सबैमा अनुरोध समेत गरिएको छ ।
तिब्र गतिमा गाडीहरू चलाउदा धेरै दुर्घटना हुने गरेको समेत बताएका छन । यो अभियान पहिलो पटक सन्चालन गरिएको र यसलाई नियमित गरिने समेत बताएको छ । पछिल्लो समय दुर्घटना वढ्न थाले पछि चेकजाँचमा कडाइ गर्न समेत थालिएको छ ।






