वडा कार्यालयले रोक्यो हुनै लागेको बालविवाह

![]()
जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोट गाउँमा हुन लागेको बालविवाह रोकिएको छ ।
जनप्रतिनिधि, कर्मचारी र प्रहरी चौकीको समन्वयमा हुनै लागेको बालविवाह रोकिएको वडा सचिव खड्गबहादुर रावतले बताए।सचिव रावतका अनुसार यहीँ फागुन ९ गते १९ वर्षिया बालक र १७ वर्षिया बालिका बीच बालविवाह हुन लागेको थियो । विवाह गर्ने भनेर बालकको घरमा बालिका लगिसकेको अवस्थामा बालविवाह रोकिएको हो।’पहिले बालविवाह नगर्न आग्रह ग¥यौँ ।
बालविवाह गर्दा हुने हानीका बिषयमा जानकारी दियौं,’ उनले भने, ‘बालक र बालिका पक्ष आ–आफ्नो घरमा राखेर बसाल्न राजी भएपछि बालविवाह रोकिएको उनी बताउँछन्।’उनीहरुका अभिभावकहरुले उमेर पुग्दासम्म पढाइलेखाइ गर्ने र उमेर पुगेपछि विवाह गर्ने सहमति गरेको सचिव रावतको भनाइ छ। तिला–८ वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी छ ।
सचिव रावतले भने, ‘कुनै पनि समुदायमा बालविवाह नहोस् भनेर सचेतनाका क्रियाकलापहरु भइरहेका छन् । गाउँटोल, बस्ती र घरदैलोमा पुगेर बालविवाहविरुद्धको अभियान घनीभूत रुपमा चलिरहेको छ । जसअनुसार नै पहिलो पटक हुनै लागेको बालविवाह रोकिएको हो ।’ संविधानले बालविवाहलाई अपराध ठानेको छ ।
कुनै पनि व्यक्ति समुदायमा बालविवाह भइहालेमा तीस हजार रुपैयाँ जरिवाना र तीन बर्ष कैद हुने व्यवस्था गरेको छ । अहिले वडा कार्यालयले बालविवाह गर्दा हुने सजाय र स्वास्थ्यमा पर्ने असरका बारेमा सचेतना तीब्र पारेको छ । बालविवाह गर्नेलाई सरकारी सेवाबाट बञ्चित गराउनुको साथै विवाह गर्दा हुने भाजभतेर समेत बहिस्कार गर्ने निर्णय वडा कार्यालयले गरेको छ । बिवाह गर्दा पालिकाको सिफारीस अनिवार्य गरिएको सचिव रावतले बताए ।






