‘विदेशी चामल भन्दा गाउको मकै उत्कृष्ट’

कर्णाली प्रदेश का विभिन्न जिल्लाहरुमा प्रायः मकै धेरै पाउन सकिन्छ जस्तै मकै मात्र नभई बिभिन्न अर्गानिक गहुँ,कोदो, फापर, जौँ, धान,जुम्ला को माश्रि चामल, इत्यादि यसलाई अर्गानिक खानाको रुपमा लिइन्छ ।

यो खाना खानाले स्वास्थ्य स्वछन्द हुनको साथै बच्चाहरू को वृद्धि विकास पनि राम्रो हुने गरेको स्थानीय बताउँछन् । अहिले गाउमा अर्गानिक परिकार लाई साटेर विषाधि खाधान्न खाने चलन पनि प्रसिद्ध रहेको स्थानिय बताउँछन् ।
स्थानिय का अनुसार पहिले मकै को रोटि सग सिस्नु खाईन्थ्यो कहिले गाउँकै चामल को खिचडि हुन्थ्यो त कहिले साग सब्जी सग कोदाको रोटि हुन्थ्यो तर पनि हामि स्वास्थ्य र जिविकोपार्जन गर्न सजिलो हुन्थ्यो । अहिले विदेशी विषादि चामल,दाल, तरकारी, फलफूल जस्ता विभिन्न महङ्गी ले स्वास्थ्य स्तर बिग्रिएको छ ।

गाउँका सबैजना मान्छेहरू आफ्नो खेतबारी नजोत्ने दिनभर काम गर्ने बेलुका उतैबाट खानेकुरा किनेर ल्याउने र त्यसैलाई अग्रता दिन्छन । कर्णालीका कतिपय स्कुल हरुमा प्रायः दिवा खाजा को रुपमा बिस्कुट चाउचाउ दिने गरेको पाइन्छ यसको सट्टा हामिले पोषिलो जाउलो, मकै को खिर,फर्सिको प्यान केक,कोदोको हलुवा,आलु पनिर, इत्यादि दिन प्रेरित गर्न विध्यालय लाई सल्लाह दिएको पनि बताए ।

यस्तै जाजरकोट को नलगाड नगरपालिका भित्र पनि प्रायः मकै जस्ता धेरै बालि उब्जाउने तर त्यसलाई विषाक्त चामल सग रुपान्तरण गरि खाएको देखिन्छ । नलगाड नगरपालिका ३ का नहकुलि कृषि समुहका कृषक गणेश बुढा बताउँछन् ।
मैंले तरकारि खेति , सुन्तला खेति , नर्सरी,जस्ता धेरै उत्पादन गर्छु । तर यस्लाइ वडा , नगरपालिका ले राम्रो मुल्य मान्यता दिन सकेको छैन हामिले उत्पादन गरेर आफ्नै पैसा खर्च गरेर जिल्ला प्रदेश अन्य ठाउमा बिक्री वितरण गर्छौ,। हामिलाई राम्रो अनुदान मा मेसिन , हरु उपलब्ध गराए अझ बढी प्रभावकारी हुने बताउछन् ।

त्यस्तै सोहि वडाका दिप बहादुर बुढा बताउँछन्,‘हाम्रो जाजरकोट नलगाड नगरपालिका कै सबैभन्दा बढि सुन्तला उत्पादन हुने नलगाड ३ वडा हो यस्लाइ राम्रो सगँ उब्जनि, र विक्री वितरणमा ध्यान जान सबै सरोकारवाला सग ध्यान पुगोस् ।’ उनले पनि ५० भन्दा बढि बोटबिरुवा मा सुन्तला उत्पादन गरेका छन् । यहाको समस्या भनेकै यातायात ढुवानी र पिछडिएको क्षेत्र भएर पनि त्यति मुल्य पर्न नसकेको बताउँछन् । अहिले सुन्तला प्रति केजि ४०÷ ४५ रुपैयाँ रहेको बताउछन् ।

यस्तै नलगाड नगरपालिका वडा नं ७ का मनिलाल शर्मा बताउँछन्, ‘हामिले गाउँकै खानेकुरा सबै उब्जाउछौ खान्छौ अहिलेसम्म त्यहि कहिले काँही तेल नुन जस्ता किन्नुपर्छ नत्र सबै नकिनेर पनि जिबन चलाएका छौ । हाम्रो मन पर्ने खाना सिस्नु रोटि नै हो त्यसलाई तेल पनि चाहिदैन खर्च पनि हुदैन ।’

मकै बर्ष मा ८÷१० मुरि उत्पादन हुन्छ खाएर पनि २÷४ हजार विक्री वितरण गर्छौ तर समस्या सिचाई सुविधा भने छैन हामिलाइ चुनाबमा भोट दिनुस सबै पुर्याउँछु भने तर अहिले दुई पटक स्थानीय सरकार भयो तर सिचाई मा ध्यान नगएको बताउँछन् ।

नलगाड ७ का हस्त परियारको खेतबारी सबै घडेरी को रुपमा बिक्री भए अहिले सबैकुरा किनेर नै जिबन चलाउछन् । दिनभर कामकाज गर्ने अनि त्यहि पैसाले पेट भर्नका लागि उनको दैनिकी बनेको छ ।

नलगाड नगरपालिका वडा नं ७ का वडा अध्यक्षले भने, ‘यो जाजरकोट को मात्र समस्या नभई धेरै ठाउको समस्या हो यस्लाइ सबैजना मिलेर सकेसम्म विदेशी आयात रोक्ने र स्वदेशी लाई ग्रायता दिने र हामि वडा सरकार ले गर्न सक्ने सरसहयोग को लागि पछि नहट्ने पनि प्रतिबद्धता गरेका छौँ ।’ अहिले भुकम्पले गर्दा त्यतातिर ध्यान जान नसकेको पनि उनले बताए ।

‘विदेशी चामल भन्दा गाउको मकै उत्कृष्ट’

तिलाको १३ औँ हिउँदे गाउँसभा

‘विदेशी चामल भन्दा गाउको मकै उत्कृष्ट’

अमेरिका पुगेका आठ जना नेपाली स्वदेश फिर्ता