कर्णाली सरकारले प्रजातन्त्र दिवसमा विविध कार्यक्रम गर्दै

कर्णाली सरकारले प्रजातन्त्र दिवस विविध कार्यक्रम गर्दै भव्य रुपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा गठित प्रदेशस्तरीय मूल समारोह समितिले आगामी सोमवार परेको ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमहरु गरी मनाउने निर्णय गरेको हो ।
सोमवार विहान ७ बजे मंगलगढी चोकबाट प्रजातन्त्र दिवसको नारा र प्लेकार्डसहित प्रभातफेरि कार्यक्रम गर्ने, ८ बजे जिल्ला समन्वय समितिको हलमा कार्यक्रम गर्ने र सामाजिक विकास मन्त्रालयको सम्वन्यमा रक्तदान कार्यक्रम, स्वास्थ्य सचेतनामूलक कार्यक्रम, मानव सेवा आश्रममा फलफूल तथा खाद्यान्न वितरणलगायतका कार्यक्रम गरिने छ ।
रक्तदान आइतवार दिउँसो २ बजे जनस्वास्थ्य सेवा कार्यालयमा आयोजना गर्र्रिरएको छ । साथै प्रजातन्त्र दिवसलाई भव्यरुपमा मनाउन पनि आग्रह गरिएको छ ।







