५५ वर्ष माथिका नागरिकहरुको स्वास्थ्य परीक्षण


वीरेन्द्रनगरमा रहेको नगर अस्पताल सुर्खेतमा मंगलबारदेखी ५५ वर्षभन्दा माथिको उमेर समूहका नागरिकहरुको स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयमार्फत कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको वडा नं ६ बाट यो कार्यक्रम सुरु गरिएको हो ।

यसअघि सुर्खेतकै पश्चिमको दुर्गम चौकुने गाउँपालिका र रुकुम पश्चिममा कार्यक्रम सुरु भइसकेको छ । कार्यक्रमको मंगलबार एक कार्यक्रमका विच सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले स्वास्थ्य परीक्षण सेवाको उद्धघाटन गरेका हुन् ।

अस्वस्थकर जीवनशैली, शारीरिक व्यायाममा कमी, आहार विहारमा ध्यान नदिँदा नसर्ने रोगको जोखिम बढ्दै गएको निर्देशनालयका जनस्वास्थ्य निरीक्षक किरण शर्माले बताए । यो कार्यक्रमले ५५ वर्षभन्दा माथिको उमेर समूहका मानिसहरुको उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका लागि पिसाव जाँच गरिने बताए । नगर अस्पताल रहेको वडा भएका भएकोले वीरेन्द्रनगरमा सर्वप्रथम वडा नं. ६ बाट यो कार्यक्रम थालिनेछ ।

सुरुमा नसर्ने रोगका विरामीको तथ्यांक संकलन गरिने र त्यसपछि रोकथाम र उपचारको काम गरिने उनको भनाइ छ । स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले वीरेन्द्रनगरको ६ नम्बर वडाबाट सुरु हुने यो कार्यक्रम नमूना भएकोले यसको उपलव्धिका आधारमा पछि नगरपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको बताए ।

उनले कर्णालीमा २१ प्रतिशत नसर्ने रोगको विरामी भएको तथ्यांक रहेपनि करिव ५० प्रतिशत रहेको अनुमान गरे । मन्त्री पोखरेलले ५५ वर्ष माथिका उमेर समूहलाई लक्षित कार्यक्रम निकै प्रभावकारी भएकोले यसको पूर्ण लाभ लिन उनले आव्हान गरेका छन् ।

लक्षित उमेर समूहका मानिसहरुका लागि यो कार्यक्रम निकै उपयोगी भएको उनको दावी छ । पहिलो दिन केही नागरिको स्वास्थ्य परिक्षण गरिएको जनाइएको छ । कार्यक्रममा प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शक्तीबहादुर सुवेदी,सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाही लगायतको सहभागिता रहेको थियो ।

५५ वर्ष माथिका नागरिकहरुको स्वास्थ्य परीक्षण

कर्णालीले राष्ट्रिय प्रतियोगितामा एपिएफलाइ हरायो