कर्णालीको समृद्धिलागि ब्यवसायिक कृषिलाई जोड दिऔ: मुख्यमन्त्री शर्मा


कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा आधारित भएर कर्णालीको समृद्धि संभव हुने बताए । उनले भने कर्णालीमा जल जमिन, जंगल, ,जडिवुटी पनि छ । कृषिलाई ब्यवसायिककरण गरेर मात्र समृद्धि संभव छ । यसका लागि भौगोलिक कलस्ट अनुसार कृषि पशुपालन र वनमा आधारित ब्यवसायिक कार्यले मात्र रोजगारी सृजना गर्न सकिन्छ ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वीरेन्द्रनगर सुर्खेतको दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्वोधन गर्दे मुख्यमन्त्री शर्माले कृषि र पशुपालनका क्षेत्रमा गरिने ब्यवसायिक प्रयोगले जनताको जीवन स्तर उकास्न सकिने भएकाले कृषि मन्त्रालय र त्यस मातहतको जनशक्तिको योगदान धेरै महत्वपूर्ण रहने बताए । उनले भने ‘यहाँको माटोको अवस्था, वातावरण आदिमा सुहाउँदो कृषि र पशुपालनलाई ब्यवसायिक वनाऔ ।’
मुल्यश्रृङखलामा आधारित भएर कर्णालीमा उत्पादित रैथाने वालिको विस्तार र उत्पादित वस्तुको प्रमाणिकरण मार्फत वजार सम्म पुरयाउन पनि सरकारको प्राथमिकता रहेको छ शर्माले भने, ‘किसानले उत्पादित गरेको खाद्यवस्तुको विक्रिको सुनिश्चिता सरकारले गर्छ । उत्पादन वढाऔ । त्यसका लागि खाद्य कम्पनी संग सम्झौता समेत गरिएको छ ।’
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसानलाई आफ्नो पेशा प्रति निराश हुन नदिने बताए । उनले भने, ‘कर्णाली प्रदेशमा मन्त्रालयले अघि वढाएका कार्यक्रमको नतिजा विस्तारै देखिदै गएको छ । यसले निर्यातको दर वढ्ने छ ।’
सरकारले अघि सारेका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयका लागि दृढईच्छा शक्ति फिल्ड खट्नुपर्ने र किसानलाई हौसला दिने कर्मचारीको भूमिका रहेको शर्माको भनाई छ ।
अर्धवार्षिक प्रगति समीक्षा गोष्ठी गत कार्तिक१७ जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्प परि ज्यान गुमाउने एक सय ५४ जना किसानको सम्झनामा मौनधारण गरि सुरु गरिएको थियो । कर्णाली प्रदेशका १० जिल्लाका कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।






