सशस्त्र प्रहरीद्धारा बसपार्कमा प्रतिक्षालय निर्माण

नारायण नगरपालिका १ बसपार्कमा सशस्त्र प्रहरीद्धारा वसपार्कमा प्रतिक्षालय निर्माण गरिएको छ ।
सशस्त्र प्रहरी बल ६ नंं. बाहिनी सुर्खेतको आर्थिक सहयोग तथा सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेखको श्रमदानमा बसपार्कमा प्रतिक्षालय निर्माण गरिएको हो ।

सामाजिक उत्तरदायित्वको क्रियाकलाप अन्तरगत ६ नंं. बाहिनीको एक लाख ५० हजार लगानीमा निर्माण सामग्री र आश्रित गुल्म दैलेखका जनशक्ति परिचालन गरी निर्माण गरिएको यात्रु प्रतीक्षालय मंगलबार सशस्त्र प्रहरीको २३ औं बार्षिकत्सवमा नारायण नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

यात्रु प्रतिक्षालय नजिकै आयोजना गरिएको औपचारिक कार्यक्रममा सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेखका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) द्रोण ढकालले नारायण नगरपालिकाका मेयर लोमन शर्मालाई प्रतिक्षालयको स्वामित्व हस्तान्तरण गरेका थिए ।
अभिषेक स्मृति क्लवका संरक्षक रुद्रबहादुर थापा र उद्योग बाणिज्य संघ दैलेखका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यात्रु प्रतिक्षालय नजिकै रहेको सार्वजनिक शौचालयका लागि पानी राख्न करिब १२ हजार मूल्यका दुई वटा हिलटेक ट्याँकी हस्तान्तरण गरेका थिए ।

यात्रु प्रतिक्षालय निर्माण गर्ने सशस्त्र प्रहरी बल र सार्वजनिक शौचालयका लागि पानी राख्न करिब १२ हजार मूल्यका दुई वटा हिलटेक ट्याँकी दिने दाताहरुलाई नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले धन्यवाद दिएका थिए ।

सशस्त्र प्रहरीद्धारा बसपार्कमा प्रतिक्षालय निर्माण

कृषि कर्ममा रमाउँदै श्याम पुरी