मधेससँग ६१ रनले कर्णाली पराजित


कर्णाली प्रदेश प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशसँग ६१ रनले पराजित भएको छ । दुई सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ४१ दशमलव एक ओभरमा टोली एक सय ७० रनमा समेटिएको हो ।
टोलीका लागि अर्जुन घर्तीले एक सय पाँच बलमा ५८ रनको पारी खेले । उनलाई दिनेश अधिकारीले ३३ रन तथा विपिन शाहीले ३१ रन बनाएर राम्रो साथ दिए पनि टोली जीतसम्म पु¥याउन सकेनन् । मधेस प्रदेशका लागि राजेश यादवले ३ तथा प्रदीप पासवानले दुई विकेट लिए ।
यसअघि कप्तान हरिशंकर साह र अनिल साहको अर्धशतकको मद्दतले मधेसले निर्धातिर ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ३१ रन बनाएको थियो । दुवैले समान ५०–५० रन बनाए ।
त्यस्तै अविशेक तिवारीले ३४ रन बनाएका थिए । कर्णालीका लागि दीपेन्द्र रावतले चार विकट लिए भने अनुज चनाराले दुई विकेट लिए ।






