प्राईम बहुउद्देश्यीय सहकारीको एक अर्ब ६९ करोड कारोबार

प्राईम बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–६ सुर्खेतले आ.व. २०७९÷०८० मा एक अर्ब ६९ करोड ९४ लाख ९९ हजार ७४५ रुपैयाँ कारोबार गर्न सफल भएको छ । आ.व. २०७८/०७९ भन्दा १८ करोड ५० लाख ७५ हजार ८८६ रुपैयाँले कारोबार घटेको जनाइएको छ । सहकारीको २३ औं बार्षिक साधारणसभामा आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उक्त जानकारी गराइएको थियो । सुर्खेत जिल्लाभरी कार्यक्षेत्र रहेको सहकारीमा दुई हजार ६५५ जना सेयर सदस्य रहनुका साथै १२ करोड ४ लाख ३५ हजार ९०० रुपैयाँ सेयर रकम रहेको जनाइएको छ ।

आ.व. २०७९/०८० मा सहकारीले आम्दानी ८ करोड ७८ लाख ६९ हजार ८८५ रुपैयाँ भएको र कर्मचारी तथा कार्यालय सञ्चालनतर्फ खर्च ७ करोड २७ लाख ३६ हजार ३५६ रुपैयाँ भएको जनाइएको छ । खर्च घटाउँदा नाफा एक करोड ५१ लाख ३३ हजार ५२९ रुपैयाँ गरेको छ । नेपाल सरकारलाई आयकर नाफाबाट ७ लाख ५६ हजार ६७६ रुपैयाँ तिरिएको जनाइएको छ ।

सहकारीको जगेडा कोषमा ४ कराड ५८ लाख ९ हजार ६३९ रुपैयाँ, सहकारी प्रवद्र्धन कोषमा २ लाख १७ हजार ५९७ रुपैयाँ, संरक्षित पूँजी फिर्ता कोषमा २६ लाख ८२ हजार १८० रुपैयाँ, अन्य कोषहरुमा १ करोड ४९ लाख १ हजार ८११ रुपैयाँ गरी कुल ६ करोड ३६ लाख ११ हजार २२८ रुपैयाँ रहेको जनाइएको छ ।

साधारणसभामा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कोरोना संकटपछि वित्तिय क्षेत्रमा देखिएको समस्यामा सरकार गम्भिर रहेको बताए । कृषि क्षेत्रको उत्पादकत्व बढाउँदै अर्गानिक कर्णाली प्रदेश निर्माणमा सरकारका नीति तथा कार्यक्रमहरु लागुभएको बताए ।

सोही अवसरमा उत्कृष्ट कर्जा सदस्य टुक्ला काफ्ले, विनिसा खत्री उत्कृष्ट बचतकर्ता रामकिशन बानिया, कृष्णलाल भण्डारी र उत्कृष्ट कर्मचारीमा कर्जा सुपरभाइजर सुनिता चपाईलाई सम्मानित गरिएको थियो । सहकारीका अध्यक्ष भूषणकुमार मानन्धरले प्रगति प्रतिवेदन, सचिव विनोद बस्नेतले सहकारीको नीति, कार्यक्रम र कोषाध्यक्ष पूर्णबहादुर बुढाथोकीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

प्राईम बहुउद्देश्यीय सहकारीको एक अर्ब ६९ करोड कारोबार

बिफु नेपाल कर्णालीको अध्यक्षमा शर्मा

प्राईम बहुउद्देश्यीय सहकारीको एक अर्ब ६९ करोड कारोबार

ठेकेदार कृते मुद्दामा परेपछि सिटी हल सजावट