बिफु नेपाल कर्णालीको अध्यक्षमा शर्मा

बैक–बीमा तथा वित्तिय क्षेत्र कर्मचारी संघ नेपाल (बिफु–नेपाल) कर्णाली प्रदेशको प्रथम अधिवेशन शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । प्रदिपराज शर्माको अध्यक्षतामा प्रदेश समिति चयन भएको छ । समितिको उपाध्यक्षमा सम्झना केसी, सचिवमा भरत साउँद, कोषाध्यक्षमा पंख प्रसाद आचार्य, सहकोषाध्यक्षमा ललित बराल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कमल चपाई, रुक्मिणी खराल, टंकप्रसाद भट्टराई, नम्रता चपाई, भरत कुमार सिंह, अजित कुमार सिंह, मनोज लामिछाने, जनकराज उपाध्याय चयन भएका छन् । बिफ नेपाल राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली र सचिवालय सदस्य लक्ष्मी प्रसाद पाण्डेको आतिथ्यता र पेशागत महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष चन्द्र प्रकाश बरालको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

बिफु नेपाल कर्णालीको अध्यक्षमा शर्मा

रैथाने बालीको महत्व बुझ्दै किसान

बिफु नेपाल कर्णालीको अध्यक्षमा शर्मा

प्राईम बहुउद्देश्यीय सहकारीको एक अर्ब ६९ करोड