हिउँदे गाउँसभाबाट पाँच वटा निति पास

जुम्लाको गुठिचौर गाउँपालिकाले १७ ओैँ हिउँदे गाउँसभा सम्पन्न गरेको छ । गाउँसभाले नीति पारित गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए । उनका अनुसार गाउँपालिकामा आयोजित हिउँदे गाउँसभा विभिन्न पाँच वटा कार्यविधि तथा मापदण्ड पारित गरेको छ ।

भवन निर्माण तथा नक्सापास कार्यबिधी २०८०, प्राबिधिक फिल्ड भत्ता कार्यबिधी २०८०, भुकम्पिय जोखिम मुल्यांकन सम्बन्ध मापदण्ड २०८० पारित गरिएको हो । उनका अनुसार खर्च ब्यावस्थापन सम्बन्धी मापदण्ड २०८० र पोषणमैत्री स्थानिय तह तथा वडा घोषणा कार्यविधि २०८० गरेर पाँच वटा नीति पारित भएका हुन् ।

दैनिक सेवा प्रवाह, भौतिक विकास लगायत पालिकाका कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखि बनाउने नयाँ कार्यविधि तथा मापदण्ड पारित गरिएको गुठिचौर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरीले बताए । उनले भने, ‘गुठिचौरलाई सम्वृद्व र बिकास मैत्रीपर्ण पालिका बनाउन सबै जनप्रतिनिधि एक छन् ।’

बढ्दो भुकम्पीय जोखिमलाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि भवन निर्माण तथा नक्सापास कार्यबिधी २०८० पारित गरिएको गुठिचौर गाउँपालिका उनले बताए । अब गुठिचौरमा नक्सापास बिना कसैले पनि नीजिघर, भवन, सरकारी संरचना बनाउन पाउने छैनन् । हाम्रो अभियाननै सुरक्षित पालिका बनाउने छ । त्यसका लागि संचरना पनि सुरक्षित बलियो हुन जरुरी छ । गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले नीति बिना काम गर्न सम्भव नभएकोले आबश्यक नीति बनाईएको बताईन ।

गुठिचौरलाई समृद्द बनाउन सबै पक्षबाट सकरात्मक सहयोग र रचनात्मक आलोचना आबश्यक रहेकोमा जोड दिईन् । गुठिचौर भवन निर्माण तथा नक्सापास कार्यबिधी बनाउन जुम्लाको दोस्रो पालिका बनेको छ ।

जुम्लामै पहिलो तिला गाउँपालिकाले भवन निर्माण तथा नक्सापास कार्यबिधी २०८० निर्माण गरि कार्यान्वयन समेत गरिसकेको छ । यस्तै जुम्लाको कनकासुन्दरी गाउँपालिकाले १२ ओेैँ गाउँसभा गरिसकेको छ । सभाले खासै निति पास गरेन,तर योजनाहरु संशोधन गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बताए ।

हिउँदे गाउँसभाबाट पाँच वटा निति पास

‘सम्बोधिका’ ले गरेको सम्बोधन

हिउँदे गाउँसभाबाट पाँच वटा निति पास

नौ बर्षिया बालिका बलत्कारको कसुरमा बृद्धलाई जन्मकैद