कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई : कृषि विकास वैंकको खानेपानी मेशिन

कृषि विकास वैंकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई बृहत वाटर डिस्पेन्सन खानेपानी मेशिन हस्तान्तरण गरेको छ ।

कृषि विकास वैंक कर्णाली प्रदेश र कृषि विकास बैंक लिमिटेड कार्यालय जुम्लाले सामाजिक क्षेत्रको कार्य अन्तरगत तातोपानी, मनतातो पानी र चिसो पानी आउने मेशिन हस्तान्तरण गरेका होे । बैंकका कर्णाली प्रदेश प्रमुख तथा निर्देशक डाक्टर सुरज टण्डन, जिल्ला शाखाका प्रवन्धक खुम्बिलाल शर्माले एक कार्यक्रमको आयोजना गरि प्रतिष्ठानलाई मेशिन हस्तान्तरण गरेका हुन् । मेशिन हस्तान्तरण गर्दै कृषि विकास बैंक कर्णालीका प्रमुख तथा निर्देशक डाक्टर टण्डनले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत मेशिन सहयोग गरिएको बताए ।

उनले यस प्रकारका सहयोगबाट स्थानीय तहमा वीत्तीय शिक्षा ज्ञान र साक्षरता समेत बृद्धि गर्ने अभिप्रायले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिसोको समयमा बहुउद्देश्यीय खानेपानीको मेशिन प्रदान गरिएको बताए ।

उनले यो सहयोगले प्रतिष्ठानका विरामी, कुरुवा, कर्मचारी लाभग्राही हुने भएकाले सामाजिक क्षेत्रमा लगानी गरिएको हो ।
मेशिन ग्रहण गर्दै प्रतिष्ठानका शिक्षाध्यक्ष डवलसिंह धामीले बैंकले वित्तीय रुपमा मात्रै काम नगरि सामाजिक क्षेत्रमा काम गरेको बताए ।

चिसोको समयमा तातोपानी समेत आउने मेशिन उपलब्ध गराईएको विषय आवश्यकतामा आधारित छ।प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार कर्णाली प्रतिष्ठानका अनुसार यस मेशिनबाट लाभान्वित धेरै हुने आशा गरिएको छ ।
महतले अनुसरण कार्यका लागि बैंकलाई धन्यवाद दिए । वैंक सँगको सहकार्य लामो भएको भन्दै सामाजिक कामकामा लगानी राम्रो हुनेछ ।

कृषि विकास बैंक जुम्लाले २०७५ साल देखी कर्णाली स्वास्थ्य विकास प्रतिष्ठान शिक्षण अस्पतालको हाता भित्र एक्टेसन काउन्टर सहित सेवा समेत सञ्चालन गरेको छ ।

बैंकका जिल्ला प्रवन्धक खुम्बिलाल शर्माका अनुसार कर्णाली प्रतिष्ठानमा एक्सटेन्सन काउण्टर तथा एटिएम समेत संचालित छ ।

मेशिनले स्वस्थ्य खानेपानी आपुर्तिमा सहयोग पुरयाउनेछ । उक्त मेशिनको एकै पटक तीन सय लिटर पानी फिल्टर गर्ने क्षमता छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई : कृषि विकास वैंकको खानेपानी मेशिन

YUGAAWHAN NATIONAL DAILY (2080-09-02)