वित्तीय दायरा फराकिलो बनाउँदै चन्दननाथ बहुउद्देश्यीय सहकारी


जुम्लामा केन्द्रीय कार्यालय रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो वित्तीय दायरालाई फराकिलो बनाउँदै लगेको छ ।
आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको सकारीले कर्णाली प्रदेशभरी आफ्नो प्रभाव विस्तार गर्न लागेको हो ।
सहकारीले हालसम्म दुई अर्व ७७ करोड ४३ लाख आठ हजार सात सय ८७ रुपैयाँ रकम परिचालन गरेको छ । शेयर तथा बचत सदस्यको आयआर्जन वृद्धि गर्नका लागि सहकारी संस्थाले कर्जा लगानी गरेको हो ।
संस्थाले एक अर्व ७४ करोड ११ लाख ७० हजार चार सय नौं रूपैयाँ कर्जा असुली गरेको जनाएको छ । ३३ करोड ६२ लाख ६७ हजार तीन सय ७८ रूपैयाँ कर्जा असुरी गर्न बाँकी रहेको छ । संस्थाको २२ हजार ६ सय ८४ सदस्य संख्या रहेको १३ औँ बार्षिक साधारण सभामा सार्वजनिक गरिएको हो ।

चार करोड १० लाख ४८ हजार दुई सय १२ रूपैयाँ संस्थाको शेयर पुजी रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाका व्यवस्थापक ऋषिराम पाण्डेले बताए । बचत रकम २३ करोड ६८ लाख १८ हजार सात सय ३१ रूपैयाँ रहेको उनले बताए ।
एक लाख १३ हजार सात सय २४ रुपैयाँको सहकारी प्रवर्धन कोष, एक लाख ३१ हजार दुइ सय ८५ रूपैयाँको सदस्य सहयोग कोष र ७५ हजार एक सय २२ रूपैयाँ १० पैसाको कर्मचारी कल्याण कोष रहेको छ । दुई लाख ४६ हजार चार सय २६ रुपैयाँ ५० पैसाको कर्जा जोखिम कोष, ८६ लाख नांै हजार पाँच सय ९२ रूपैयाँ ४९ पैसाको डुवन्ते ऋण कोष र ६० लाख ४६ हजार पाँच सय ८० रूपैयाँको साधारण जगेडा कोष रहेको जनाइएको छ ।
यस्तै तीन लाख ५ हजार तीन सय ६८ रुपैयाँ ६६ पैसाको कर्मचारी बोनस कोष, १७ लाख ३६ हजार सात सय ५२ रूपैयाँको घाटा पूर्ति कोष र १२ लाख ६७ हजार ३३ रूपैयाँ ७४ पैसाको सहकारी विकास कोष रहेको संस्थाका कोषाध्यक्ष विष्णुमाया बुढाले बताइन् ।
एक लाख सात हजार एक सय ९० रूपैयाँ ७८ पैसाको सहकारी शिक्षा कोष, २७ लाख दुई हजार सात सय ६७ रूपैयाँ ९७ पैसाको संरक्षित पुजि फिर्ता कोष र ९१ लाख ४० हजार सात सय ६१ रूपैयाँको शेयर लाभांश कोष रहेको छ ।
६६ हजार ६ सय ८२ रूपैयाँ महिला आर्यआर्जन कोष, १२ लाख किर्डाक नेपाल विउ पुजी कोष र दुई लाख ९६ हजार ६ सय ४२ रूपैयाँको सामुदायिक विकास कोष रहेको जनाएको छ ।
मिनी मार्केटबाट २६ लाख बढी आम्दानी
चन्दननाथ बहुउद्देश्यी सहकारी संस्था जुम्लाले जुम्ला र सुर्खेतमा रैथाने कृषि जन्य उत्पादन मिनि मार्केटमार्फत विक्री वितरण गर्दै आएको छ ।
यसै मार्केटबाट मात्रै सहकारीले २६ लाख १९ हजार सात सय ५७ रुपैयाँ आम्दानी गरेको छ । सहकारीले गत आर्थिक वर्ष कृषि तथा पशु जन्य बस्तु खरिदमा ८५ लाख २९ हजार ६ सय १९ रूपैयाँ लगानी गरेको थियो ।
२०३१ सालमा दर्ता भएको सहकारीले कर्णाली प्रदेशका सात जिल्लामा सेवा विस्तार गरेको संस्थाका अध्यक्ष चक्रबहादुर शाहीले बताए ।






