राउटे समुदायमा न्यानो कपडा र स्वास्थ्य शिविर

अमर सुनार/दैलेख
नेपाल प्रहरी श्रीमती संघले फिरन्ते जीवन बिताउदै आएका राउटे समुदायलाई दैलेखमा आज बुधबार न्यानो कपाडा, खाद्यन्न र स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दैलेखको भैरबी गाउँपालिका–५ कागेतडामा बस्तै आएका ४२ परिवारका एक सय ४१ जना सबैलाई पुग्ने गरी नेपाल प्रहरी श्रीमती संघले न्यानो कपाडा, खाद्यन्न र स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवर, कर्णाली प्रदेश अध्यक्ष बिन्दू अधिकारी ढकाल समेतका पदाधिकारी र कर्णाली प्रदेश प्रहरी इञ्चार्ज भीमप्रसाद ढकाल समेतको उपस्थितिमा अहिले राउटे समुदायका बसिरहेको दैलेखको भैरबी गाउँपालिका–५ कागेतडामा न्यानो कपाडा, खाद्यन्न र स्वास्थ्य शिविर सञ्चालन गरेकोमा गाउँपालिका अध्यक्ष शाहीले धन्यवाद दिए ।

नेपाल प्रहरीको लुम्बिनी प्रदेश अस्पताल नेपालगञ्ज फिजिसियन कन्सल्टेण्ट डा. अच्यूतविक्रम हमालको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीले राउटे समुदायका बिरामीहरुलाई स्वास्थ्य परीक्षण तथा उपचारसंगै स्वास्थ्य सचेतना कार्यक्रम समेत गरेको थियो ।

संघका अध्यक्ष केन्द्रीय अध्यक्ष कुँवरले चिसोयाम सुरु भएको अवस्था न्याना कपडाको आवश्यकता भएको भन्ने राउटे मुखियाहरुसंगै सल्लाहमा हरेक व्यक्तिलाई पुग्नेगरी एक सय ६० वटा कम्बल, बिस्कुट लगायतका खाद्यबस्तु, राउटे समुदाय बिरामी पर्दा पछि समेत बाँड्न सजिलोको लागि औषधिहरु स्टक छाडिएको जानकारी दिए ।

राउटे समुदायका सबैजसो मदिरा खाने भएकोले स्वास्थ्य सरसफाई शिक्षा, जीवन उपयोगी सीप सिकाउने सामाजिकीकरणको काममा सरकारका निकायले ध्यान दिनुपर्ने नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष बिन्दू अधिकारी ढकालको सुझाव छ ।

नेपालको एक मात्र फिरन्ते जीवन निर्वाह गर्दै आएको राउटे समुुदाय दैलेख, जाजरकोट, सुर्खेत र सल्यान आसपासमा घुमिरहने भएकोले नेपाल सरकारले राउटे समुदायलाई दिने सामाजिक सुरक्षा भत्ता दैलेखको गुराँस गाउँपालिका मार्फत पठाउने गर्दछ ।

राउटे समुदायको जीवनस्तर सुधार गर्न, बालबालिकालाई पढाइलेखाईमा प्रेरित गर्न, स्वास्थ्य शिक्षा र सामाजिकीकरणको पहल गर्न सोसेक नेपालले राउटे परियोजना सञ्चालन गरिरहेको छ । राउटे समुदायसंगै बस्तै सर्दै हिंड्ने गरी परियोजनामा दुई महिला समेत चार जना कर्मचारी परिचालन गरेको छ ।

पहिले काठपाते, जडीबुटीको भरमा उपचार गर्ने पद्धति राउटे परियोजना र सहजकर्ताहरुको लामो प्रयासपछि सामान्य विरामी पर्दा वा चोट पटक लाग्दा राउटे परियोजनामा कार्यरत स्वास्थ्यकर्मीकको सम्पर्कमा पुग्ने गरेका छन् । सोसेक नेपालले राउटे महिलाको स्वास्थ्य उपचारमा सहयोग पुरयाउन महिला स्वास्थ्यकर्मी र पुरुषहरुलाई जाँच्न वा औषधि गर्नुपर्दा पुरुष स्वास्थ्यकर्मीले सहयोग पुरयाइएको छ ।

राउटे परियोजनाकै सहयोगमा गुराँस गाउँपालिकाले दुई महिना लगाएर २०७५ असार ३० गते राउटे समुदायका त्यसबेला गुराँस गाउँपालिका–८ पातलेखोला बस्तीमै पुगेर एक सय ४९ जना सबैका फोटो सहितको परिचयपत्र दिएको थियो । त्यहींदेखि गुराँस गाउँपालिकाले वडा नं. ८ का बासिन्दाको गणनामा राखी राउटे समुदाय बस्तै सर्दै जहाँ गए पनि त्यही पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।

त्यतिबेला परिचयपत्र लिंदा राउटे महामुखिया महिनबहादुर शाहीले आफूले परिचयपत्र लिंदा ‘अहिले परिचयपत्र त लिन्छौं पछि नागरिकता पनि बनाउनुपर्छ भनेर करकाप नगर्नू’ भनी शर्त राख्नुभएको थियो । राउटे समुदायले आफूहले पढाइलेखाई, खेती किसानी र एकै ठाउँमा बस्ती बस्न हुँदैन भन्ने पुरातन बिश्वास पालेको छ ।

राउटे जातिको एउटा समूह डडेल्धुराको पर्शुराम नगरपालिका–११ आमपानीमा स्थायी रुपमा बस्तै आएको छ । डडेल्धुरामा बालबालिका विद्यालय अनि बयस्कहरु मजदूरी गर्ने जस्ता सामान्य जनजीवनमा फर्र्किएको अवस्थामा उनीहरुलाई राउटे मान्न नसकिने दैलेखका राउटे मुखिया बीरबहादुर शाहीको टिपपणी छ । ‘फिरन्ते जीवन बिताउने हामी पो राउटे हुँ, आमपानीका त अब दुनियाँ भइसके’ उहाँको तर्क छ ।

राउटे समुदायमा न्यानो कपडा र स्वास्थ्य शिविर

नक्कली पेस्तोल देखाई सर्वसाधरणलाई धम्क्याउने एक जना

राउटे समुदायमा न्यानो कपडा र स्वास्थ्य शिविर

YUGAAWHAN NATIONAL DAILY (2080-08-28)