हिमपातका कारण बागलुङ र पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध

हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको शुरूवाती हिमपात हुन थालेको छ । आइतवार रातिबाट बदली हुँदै गएपनि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न शुरू गरेको हो ।

मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात शुरू भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए । उनका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा हिउँ पर्न शुरू भएको र चिसो असाध्यै बढेको बताए ।

रारा घुम्न आएका पर्यटन हिमपात तथा पानीले हवाई र स्थलमार्ग बन्द हुनसक्ने भन्दै बिहानै यहाँबाट घरतर्फ जान तरखर गरेका रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले जानकारी दिए । जिल्लाका अन्य क्षेत्र बुलबुले, सात ताल, दूधताल, चन्खेली, बाम, रिणिमोक्क्ष, खेस्मालिका, सोरुकोटमा पनि हिउँ पर्न शुरू गरेको खबर प्राप्त भएका उनले बताए ।

सदरमुकाम गमगढीमा पानी पर्न शुरू गरेको छ । अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा बताए ।

हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताए ।

हिमपात भएपछि पूर्वी रुकुमदेखि पोखरा काठमाडौँ चल्न सवारी साधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि अहिले पूर्ण रुपमा बन्द भएको उनले बताए । चरनका लागि पातिहाल्ने लगिएका वस्तुभाउ पनि बेंसी झारिएको उनको भनाइ छ ।

ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए । लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान भने हर्षित भएका छन् ।

पानी र हिमपात हुन थालेपछि हिउदे बाली गहुँ, जौ र नाफल खेती राम्रो हुने, हिमाली यार्सा, जडीबुटी वृद्धि हुनुका साथै गुणस्तरको हुने भन्दै किसान, जडीबुटी व्यापारी खुसी भएका छन् ।

हिमपातका कारण बागलुङ र पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध

भूकम्पबाट जोगिए तर चिसोबाट ज्यान गुमाउँदै छन्

हिमपातका कारण बागलुङ र पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध

नेकपा अध्यक्ष ओलीले गरे भेरी डाइभर्सन आयोजनाको