हिमपातको सम्भावना, पहाडी क्षेत्रका एक दुई ठाउँमा पानी पर्ने अनुमान


हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सोमवार हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात भएको थियो । हिमपात भएसँगै हिमाली क्षेत्रका किसान खुसि भएका छन् । अहिलेको हिउँले हिउँदे बालीलाई फाइदा पुग्ने किसानले बताएका छन् ।

हिमपातले चिसो भने बढाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापिय प्रणाली र बंगालको खाडीमा बनेको आँधीको प्रभाव परेको छ । यही प्रणालीका कारण हिजो देशभरको मौसम बदली भएको थियो ।

मौसम बदली भएसँगै अधिकतम तापक्रम घट्न थालेको छ ।
मंगलवार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविद् रोजन लामिछानेले बताए ।

हिमपातको सम्भावना, पहाडी क्षेत्रका एक दुई ठाउँमा पानी पर्ने अनुमान

पर्यटन प्रवर्द्धनकाका लागि ‘पर्यटन बोर्ड’ गठन

हिमपातको सम्भावना, पहाडी क्षेत्रका एक दुई ठाउँमा पानी पर्ने अनुमान

बेपत्ता स्वास्थ्यकर्मी मृत अवस्थामा फेला