पर्यटन प्रवर्द्धनकाका लागि ‘पर्यटन बोर्ड’ गठन


जुम्लाको चन्दननाथ नगरपालिकामा पालिकास्तरीय ‘पर्यटन बोर्ड गठन’ भएको छ ।

कर्णालीका ७९ वटै पालिकामा पहिलो चन्दननाथले पर्यटन बोर्ड गठन गरेको हो । पर्यटन क्षेत्रबाट जुम्लाई चिनाउन चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतको संयोजकत्वमा ११ सदस्यीय पर्यटन बोर्ड गठन गरिएको नगरपालिका प्रवक्ता नवराज देवकोटाले बताए ।

बोर्डले समग्र नगरको पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार, म्यागेजिन निर्माणलगायतका काम गर्ने प्रवक्ता देवकोटाले बताए ।

बोर्डको सदस्यमा नगरउपप्रमुख रामदेवी खड्का, पर्यटन व्यवसायी नोर्बु लामा, सरोज शाही, तोरणसिंह कठायत, घनश्याम नगरकोटी र पर्यटनसँग सम्बन्धित कार्यालयका प्रतिनिधिलाई राखिएको छ । नगरपालिकाकै वातावरण विज्ञ, डिभिजन वन कार्यालय, सामाजिक विकास कार्यालय, भौतिक पूर्वाधार कार्यालयलाई सदस्यमा राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

बोर्डमा संस्कृति विज्ञ राख्नु पर्ने भए पनि हाल राखिएको छैन । बोर्डले पर्यटन केन्द्रित गतिविधि गर्न चालू आर्थिक वर्षमा चन्दननाथले पाँच लाख विनियोजित गरेको छ । जुम्ला चिनाउने आधार नै पर्यटन भएकोले बोर्ड गठन गरेको मेयर राजुसिंह कठायतले बताए । उनले भने, ‘जुम्ला सम्भावना भएर पनि गरिब बन्यो । ओेझेलमा प¥यो । राज्यको उपेक्षामा सदियौँदेखि छ । पर्यटन क्षेत्रमा न्यून लगानी छ । स्थानीय तह भौतिक निर्माणका कार्यमा केन्द्रित भयौँ । त्यसैले चन्दननाथले पर्यटन प्रवर्द्धनमा जोड दिएको हो ।’

नगरउपप्रमुख रामदेवी खड्काले कृषि,पर्यटन, परम्परागत सस्कृति,भाषा,साहित्य र भेषाभुषासँग पर्यटनलाई जोडेर जिल्लाको विकासमा टेवा पुराउन सकिने बताइन् । त्यसमा नीतिगत रूपमै चन्दननाथ अघि बढेको र पर्यटनसँग महिला र युवा रोजगारीका कुराहरूमा जोडिने उनको भनाइ छ ।

पर्यटन प्रवर्द्धनका लागि चन्दननाथले पर्यटन बोर्ड गठन गर्नु नमुना काम भएको पर्यटन व्यवसायी नोर्बु लामाले बताए । ठोस नीति लगानी र संयन्त्रको अभावले जिल्लाका सम्भावना भएर पनि अपेक्षित पर्यटक आउन सकेका छैनन् ।

उनले भने, ‘जुम्लालाई चिनाउन,पर्यटन प्रवर्द्धन गर्न चन्दननाथ जुरमुराएको छ । बोर्डलाई सक्रिय बनाउन जरुरी छ । राज्यलाई नै उत्तरदायी बनाउने गरी जुम्ला पर्यटन प्रवर्द्धनका गतिविधि अघि बढाउन जरुरी छ ।’

पर्यटन प्रवर्द्धनकाका लागि ‘पर्यटन बोर्ड’ गठन

YUGAAWHAN NATIONAL DAILY (2080-08-19)

पर्यटन प्रवर्द्धनकाका लागि ‘पर्यटन बोर्ड’ गठन

हिमपातको सम्भावना, पहाडी क्षेत्रका एक दुई ठाउँमा