मुगु हत्याकाण्डको अनुसन्धानमा संलग्न प्रहरीलाई सम्मान


मुगुमा श्रीदेवी बोहोरा र तीन जना बालबालिकाको हत्याकाण्डको अनूसन्धानमा खटिएका प्रहरीहरु सम्मानित भएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले अनुसन्धानमा खटिएका १३ जना प्रहरीलाई सम्मान गरेको हो । बुधवार एक कार्यक्रमका विच कर्णाली प्रदेश प्रहरीका प्रहरी नायव महानिरिक्षक भिमप्रसाद ढकालले उक्त घटनाको अनुसन्धानमा खटिएका प्रहरीहरुलाई प्रशंसा–पत्र सहित सम्मान गरे ।
सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक बुद्धिप्रसाद सापकोट, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मा, प्रहरी नायव निरीक्षक डिल्लीराज आचार्य रहेका छन् । त्यसैगरी प्रहरी सहायक निरीक्षक प्रेमप्रसाद शर्मा, प्रहरी वरिष्ठ हवल्दार शिवराज शर्मा र प्रहरी सहायक हवल्दार सरोज जैसवाल सम्मानित भएका छन् । उनीहरु सबैजना कर्णाली प्रदेश प्रहरी कार्यालय अन्र्तगत विभिन्न शाखा तथा उपशाखामा कार्यरत हुन् । सम्मानित हुने मध्ये अन्य प्रहरीहरु भने काठमाडौं लगायतका क्षेत्रमा कार्यरत रहेका छन् ।
मुगुमा श्रीदेवी र तीन जना बालबालिकाको हत्या भएको घटना आरोपमा गोर्खबहादुर शाही र गोपाल बोहोरालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
सुरक्षित कर्णाली विशेष अभियानको कार्यान्वयनमा प्रतिवद्ध भएर लाग्न कर्णाली प्रदेश प्रहरीका प्रहरी नायव महानिरिक्षक ढकालले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।






