नयाँ प्रमुख जिल्ला अधिकारी पोखरेल हुम्लामा

गृह मन्त्रालयद्वारा सरुवा गरिएका हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल जिल्लामा आइपुगेका छन् । तिहारअगाडि नै उनको सरुवा भए पनि आइतवार प्रजिअ पोखरेल पहिलो पटक नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्ला आइपुगेका हुन् ।

सरुवा भएयता पहिलो पटक जिल्लामा आइपुगेको प्रजिअ पोखरेलले बताए । सरुवा तिहारअगाडि भए पनि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार परेकाले प्रजिअ पोखरेल जिल्लामा आइपुगेका थिएनन् । त्यसयता सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद पोखरेलले प्रशासन कार्यालय चलाएका थिए ।

आइतवार सार्वजनिक बिदा परेकाले उनले कार्यालयको कामको जिम्मा सोमवारबाट मात्र लिने बताए । उनी यसअघि उदयपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए । उनलाई सिमकोट विमानस्थलमा तीन वटै सुरक्षा निकायका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीलगायतले स्वागत गरेका थिए ।

नयाँ प्रमुख जिल्ला अधिकारी पोखरेल हुम्लामा

विद्यालयलाई भूकम्पप्रतिरोधी भवन निर्माण