गोरु काटिरहेको अवस्थामा तीन जना पक्राउ

प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको नरहरिनाथ गाउँपलिका–८ निवासी २२ वर्षिय हिक्मत विक, वडा नं. ९ निवासी ४० वर्षिय मिनी दर्जी र सोही वडा निवासी २४ वर्षिय लोकेश परियार रहेका छन् ।

कार्तिक २५ गते नरहरीनाथ गाउँपालिका–८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा संलग्न रहेको आरोपमा २६ गते बिहान पक्राउ गरेको हो ।

काग तिहारको साँझ नरहरिनाथ गाउँपालिका–९ को विरौना जंगलमा रहेको चदारे खानेपानी ट्याङकी नजिकै गोरु काटेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

गोरु काट्नेलाई पशुपंक्षी कसुर अन्तर्गतको कसुरमा मुद्दा चलाइएको बताइएको छ । अपराध संहिता २०७४ को फौजदारी कसुर ऐनको परिच्छेद २७ मा पशुसम्वन्धीको कसुर गरेमा तीन वर्षसम्म कैद हुने ब्यवस्था छ ।

गोरु काटिरहेको अवस्थामा तीन जना पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2080-07-27)

गोरु काटिरहेको अवस्थामा तीन जना पक्राउ

रोजगारी खोज्दै भारत पस्नेहरु बढें