२०८२ फाल्गुन २८ गते
×

Now Playing

खेलाडी बोकेको बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते

कालिकोटको शुभकालिका गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

जिल्लाको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट खेलाडीहरुलाई लिएर शुभकालिका जाँदै गरेको वा १४ च ८८९९ नम्बरको बोलेरो शुभकालिका गाउँपालिकाको वडा नं ४ सिम तली खाडा भन्ने ठाउँमा दुर्घटना परेको हो ।

उक्त बोलेरोमा कति जना सवार थिए भन्ने यकिन भएको छैन दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा गाउँपालिको वडा नं ६ का वर्ष १७ का वसन्त शाही, वर्ष १६ का सुमन शाही, र वर्ष १८ का प्रकाश शाही रहेका छन् । घाइतेहरू मध्य वसन्त शाहीको अवस्था अलि गम्भीर रहेको र अरूको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी इन्स्पेक्टर पोषण थापाका अनुसार घाइते हरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भई रहेको छ ।

गाडी चालक तिलागुफा नगरपालिका वडा नं १ भिग्म निवासी पदम वुढा अहिलेसम्म फरार रहेको प्रहरीको भनाइ छ ।

खेलाडी बोकेको बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते

प्रदेश अस्पतालबाट भूकम्पका २४ जना घाइते डिस्चार्ज

खेलाडी बोकेको बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते

मुद्रास्फीति सात दशमलव ५० प्रतिशत, विप्रेषण र

This will close in 0 seconds