पछिल्लो समय मुगुमा उल्लेख्य मात्रामा पर्यटकको उपस्थिति


पछिल्लो समय मुगुमा उल्लेख्य मात्रामा स्वदेशी तथा विदेशी पर्यटकहरू आउन थालेका छन् ।

विशेष गरि नेपालकै ठुलो र गहिरो ताल रारा लगायत ऐतिहासिक महत्त्व रहेको उत्तरी लामा समुदायको बस्तीहरू मुगुम कार्मारोङका बस्तीहरू मुगु, दोल्फु लगायत करान भेगमा रहेका विभिन्न गुम्बा अवलोकन गर्न तथा दोल्फु हुँदै डोल्पा जिल्लामा पर्ने से–फोक्सुण्डो ताल घुम्न जाने पर्यटकहरू मुगु आउन थालेका हुन् । भने केही विदेशी पर्यटकहरू राराताल आसपासका बस्तीहरू मुर्मा, झ्यारी, पिना, टोप्ला, ताल्चा, भामवाडा, तुम गाउँमा समेत किसान सँग रमाउन थालेका छन् ।

असोज र कार्तिक लगत्तै राराताल नजिकै रहेका मुगुको झ्यारी गाउँ, मुर्मा गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय कृष्ण रावलले बताए । मुगु घुम्न आएका विदेशी पर्यटक हरू आजभोलि रारा तालमा मात्र सीमित हुन चाहँदैनन् । उनीहरूको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । शहरको सुविधा सम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँ सम्म पुगेर त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् ।

स्थानीय सरकारको समन्वयमा कर्णाली प्रदेशको वन तथा पर्यटन मन्त्रालयले रारा ताल देखि सदरमुकाम गमगढी बजार आसपासका परम्परागत शैलीका पर्यटकीय गाउँ सम्म पर्यटकीय पदमार्ग निर्माणका लागि गुरुयोजना तयार गरेमा पर्यटकलाई आउजाउमा सहज मिल्ने दुर्गा फिमेल ट्रेकिङकी सञ्चालक दुर्गा लक्ष्मी रावलले बताए ।

स्थानीय सरकार र रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र कार्यालयको समन्वयमा जिल्लाका युवायुवतीलाई रोजगारमा टेवा मिल्ने उद्देश्यले उनीहरूलाई ट्रेकिङ व्यवसायको तालिम प्रदान गरिदिएमा आत्मनिर्भर बनाउन सकिने ट्रेकिङ व्यवसायी रावलको सुझाव रहेको छ ।

रारा ताल सडक सञ्जालमा जोडिएपछि आन्तरिक पर्यटक लगायत विदेशी पर्यटकले रारा र यहाँका परम्परागत बस्तीको अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको स्थानीय होटेल व्यवसायी पुनीकला वमले बताए । गएको असोज महिना बाट कार्तिक सम्म उल्लेख्य मात्रामा पाहुना आउने क्रम सुरु भएको उनले बताए ।

हिमाली जिल्लाको रारा ताल आसपासका ग्रामीण भेगमा अवलोकन गर्न आएकी स्वीट्जरल्याडकी पर्यटक नागरिक सीलमियाले यहाँका समुदायले परम्परागत तरिकाले कृषिमा काम गर्दा ज्यादै दुख हुने गरेको रहेछ । जसले गर्दा कृषिमा काम गर्दा लामो समय खर्चिनु पर्ने बाध्यता रहेछ किसानले आफ्नो देशमा किसानले आधुनिक प्रविधिको प्रयोगले किसानलाई खेतीपातीमा छिटोछरितो हुने गरेको विदेशी नागरिक सीलमीयाले बताए ।

यता रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख राजु अधिकारीले राराको प्रचारप्रसारको प्रभावले गर्दा गएको बर्ष भन्दा यो वर्षमा उल्लेखनीय मात्रामा पर्यटकको आगमन भएको बताए । रारा लगायत यहाँका गाउँ आसपासमा नेपाली पर्यटक तीन हजार दुई सय २१, सार्क राष्ट्र बाट २७ जना पर्यटक त्यसैगरी विदेशी ८२ जना पर्यटकहरूको आगमन भएको प्रमुख अधिकारीले बताए ।

साउन देखि कार्तिक सम्म जम्मा आन्तरिक र विदेशी पर्यटक गरि तीन हजार तीन सय ३० जनाले रारा अवलोकन गरेको बताइएको छ ।

पछिल्लो समय मुगुमा उल्लेख्य मात्रामा पर्यटकको उपस्थिति

अनौपचारिक शिक्षाबाट विद्यालय भर्ना