२०८२ फाल्गुन ५ गते
×

Now Playing

भुकम्प पिडीतलाई बेस संस्थाको आर्थिक सहयोग

जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु भई गत कार्तिक १७ गते राति गएको भुकम्पका पिडीतलाई राहत स्वरुप बेस संस्था तुलसीपुर, दाङले आर्थिक सहयोग गरेको छ ।

कर्णाली प्रदेश सरकारको विपद (भुकम्प) व्यवस्थापन कोषमा एक लाख ६ हजार आठ सय २० रुपैयाँ जम्मा गरेको भौचर बिहीवार कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणी पौडेललाई हस्तान्तरण गरिएको बेस संस्थाका कर्णाली प्रदेश प्रतिनिधि देवेन्द्र सेजुवालले जानकारी दिए ।

सो अवसरमा प्रमुख सचिव पौडेलले विपदको समयमा बेस संस्थाले गरेको सहयोग पिडीतलाई राहत उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने बताउँदै उपलब्ध गराइएको सहयोगले वास्तविक पिडीतको पिडालाई कम गर्ने विश्वास समेत व्यक्त गरे ।

त्यस्तै बेस संस्थाका प्रतिनिधि सेजुवालले संस्थाले उपलब्ध गराएको सहयोग रकम संस्थामा कार्यरत कर्मचारीहरुले स्वस्फूर्त रुपमा सहयोग गरेको बताउँदै अहिले भुकम्प पिडीतलाई राहत वितरणको काम प्रभावकारी नभएको समाचारहरु आइरहेको हुँदा कर्णाली प्रदेश सरकार गम्भिर भई भुकम्प पिडितको पुनःस्थापना तथा राहत वितरणको कार्यलाई अझ प्रभावकारी बनाउन सोही अनुसार योजनाका साथ क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

भुकम्प पिडीतलाई बेस संस्थाको आर्थिक सहयोग

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडा डिजिटलाइज्ड

भुकम्प पिडीतलाई बेस संस्थाको आर्थिक सहयोग

मोडल दिपाशा बिसी ‘जलपरी’ ले गरिन् आत्महत्या