सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भूकम्प पीडितलाई राहत सामाग्री सहयोग

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितहरुका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा राहत सामाग्री सहयोग गरिएको छ ।

इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुद्वारा भूकम्प पीडितहरुका लागि करिव पाँच लाख रुपैयाँ बराबरको राहत सहयोग सामाग्री विहिवार जिल्ला प्रशासन कार्यालय, जाजरकोटलाई बुझाइएको छ ।

भूकम्प पीडितहरुका लागि राहत स्वरुप ५० बोरा चामल, ५० पेटी तेल, एक/एक सय वटा त्रिपाल र ब्ल्यांकेट तथा पाँच रोल पीफर्म हस्तान्तरण गरिएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका कर्णाली प्रदेश कार्यालय प्रमुख राकेश विसीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटले उक्त राहत सहयोग सामाग्रीलाई तत्काल छेडागाड नगरपालिकामा वितरणका लागि पठाएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भूकम्प पीडितलाई राहत सामाग्री सहयोग

विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग