मुगुमा चार जनाको हत्या भएको १० दिन बित्योः हत्यारा पत्ता लागेन


मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँको एकैघरका आमा र तीन सन्तान हत्या भएको १० दिन बित्यो घटनाबारेमा केही पत्ता लागेको छैन ।

कात्तिक ८ मा साँझ तीन जना बच्चा र आमाको हत्या भएको प्रहरीले जानकारी दिएको थियो । घटनाबारे कात्तिक १० गते छिमेकीले प्रहरीले जानकारी खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मुगुले अनुसन्धान गरिरहेको थियो ।

यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेत र जुम्लाबाट छुट्टाछुट्टै टोली खटाएको थियो भने कुकुरसमेत अनुसन्धानमा परिचालन गरिएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले शुक्रवार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई घटनाको अनुसन्धानका लागि पत्राचार गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता सूचना अधिकारी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनले भने, हामीले आज पत्राचार गरेका छौं । केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमा पठाउने तयारी गरेको छ । हामी घटना बारेमा थप अनुसन्धान अगाडि बढ्नेछ ।’

अहिलेसम्म घटनाको अनुसन्धानमा प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल, जगन्य हत्या अनुसन्धान टोली, सादा पोसाकको टोली अनुसन्धानमा लागि परेका छन् ।

छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो । हत्यापछि हत्याराले श्रीदेवीको मोबाइल साथमा लिएर गएको भट्टराईले जानकारी दिए ।

मुगुमा चार जनाको हत्या भएको १० दिन बित्योः हत्यारा पत्ता लागेन

दाङबाट एक करोड ३७ लाख बढी मूल्यका

मुगुमा चार जनाको हत्या भएको १० दिन बित्योः हत्यारा पत्ता लागेन

हुम्लामा नयाँ प्रहरी प्रमुख

This will close in 0 seconds