सुर्खेत विमानस्थलमा रातिको समयमा समेत उडान भर्न सक्ने गरी बत्ती जडान

सुर्खेत विमानस्थलमा रातिको समयमा समेत उडान भर्न सक्ने गरी बत्ती जडान गरिने भएको छ । आठ करोड रुपियाँको लगानीमा बत्ती जडान गर्न लागिएको हो । सो कार्य करिब तीन महिनामा सम्पन्न गरिने जनाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको रनवेमा खाल्डो खन्ने कार्य गरिरहेको छ । सुर्खेत विमानस्थल प्रमुख राजन ढुङ्गेलका अनुसार आइक्याओको मापदण्ड अनुसार विमानस्थलमा बत्ती जडान गरिने छ । यसका लागि प्राधिकरणको इलेक्ट्रिक विभागले काम सुरु गरेको छ ।

प्राधिकरणले बत्ती जडानका लागि आर्थिक वर्ष २०८०÷८१ मा सुर्खेत विमानस्थललाई बजेटको व्यवस्था गरेको छ । प्रमुख ढुङ्गेलका अनुसार ठेक्का प्रक्रिया अघि नै सुरु भएको हो । चालु आवमा बजेट विनियोजन हुने समयमा नै बजेट आएको हो । उनले यो बजेट अहिले तत्काल नै नआएको बताए ।

सुर्खेत विमानस्थलमा रातिको समयमा समेत उडान भर्न सक्ने गरी बत्ती जडान

मुगु सामूहिक हत्या प्रकरणः एक जना प्रहरीको

सुर्खेत विमानस्थलमा रातिको समयमा समेत उडान भर्न सक्ने गरी बत्ती जडान

दशैं अवधिमा कर्णालीभर २५ वटा सडक दुर्घटना

This will close in 0 seconds